काठमाडौं– काठमाण्डौं महानगरपालिकाले महानगरभित्र खुलारुपमा आगो बाल्न निषेध गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै महानगरले खुला ठाउँमा आगो बाल्न निषेध गरेको हो।
खुला ठाउँमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण हुने तथा जनस्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको सूचनामा भनिएको छ।
महानगरको सूचनालाई अवज्ञा गरी यस्ता कार्य गरेको पाइएमा महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।