काठमाडौं– व्यवसायी चन्द्र ढकाल नेतृत्वको आइएमई लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्ने विशेष प्रस्ताव सहित २२ औं वार्षिक साधारणसभा बोलाएको हो।
कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समिति बैठकले मंसिर १६ गतेका लागि साधारण सभा बोलाएको छ। राजधानीमा आयोजना हुने साधारण सभाले सभाले बोनस सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने विषयलाईसमेत विशेष सभाले पास गर्नेछ।
कम्पनीको सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने तथा नयाँ सञ्चालक समितिको चयन गर्ने लगायतका प्रस्ताव सभाबाट पास हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।