• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एक पलको हिस्सा बेदकोट ताल

64x64
गगन अविदित बिहीबार, कात्तिक २४, २०७९  ०९:०९
1140x725

भदौको महिना। वर्षा ऋतु मैजारो हुने बेला। शरदको आरम्भ हुने याम। 

पहाडमा चिसोको उपस्थिति बाक्लिन थाले पनि तराईमा गर्मीले आफ्नो उपस्थिति मजबुत नै राखेको थियो। उसो त महाकाली किनार, चाँदनी–दोधारा, गड्डाचौकी, महेन्द्रनगर घुम्दा शरीरले उखुम् प्रतिक्रिया जनाइरहेको थियो। कायालाई शीतल छायाँको सख्त जरुरत थियो।

घडिले साढे १ बजाइसक्यो। हामी अब कहाँ जाने त ? राजेन्द्र दादा फ्याट्ट सुनिए। जहाँ गएनि जाउँ, तर शीतल ठाउँमा जाउँ। मेरो प्रतिकृया आयो। 

डडेलधुराको आलिताल घुम्ने हाम्रो योजना तुहिएको थियो। ताल नै जाउँ न त। थप बोलेँ। प्रशान्त दादाले फनक्क बाइक मोडे। बेदकोट जाने अब। उनी सुनिए। म उनलाई फलो गर्दै पूर्वपश्चिम हाइवेमा बतासिएँ। बीच सडकमा निर्धक सुतिरहेका छाडा चौपायाले झसङ्ग बनाइ नै रहे।

Nepal_India_border_gaddachauki_21668050452.jpg
नेपाल–भारत सीमा क्षेत्र, गड्डाचौकी। जहाँ नेपाली झण्डा फरफराइरहन्छ। 

भासी, लालपुर, सुडा हुँदै दैजी आइपुग्यौं। यहाँबाट हामी उत्तरतिर मोडियौं। केहीबेर छाडा चौपाया, सवारी चाप, मान्छे र बस्ती छिचोल्दै घना जंगलभित्र पस्यौं।

केहीबेर जंगलको यात्रा गरेपछि दैजी–जोगबुढा सडकबाट बायाँ मोडियौं। एउटा छाप्रो र सत्तल, ठूल्‌ठूला रूखहरूको बीचमा उभियौं। सत्तलको आगनमा बाइकहरू रोक्यौं। कोही किनारामा उभिएर, कोही साल, सिसौँका रुखहरूमा बसेर हामीलाई मधुर ध्वनीले स्वागत गर्न थाले, राता बाँदरहरू। घना जंगलबीच अगाडि ठूलो पानीको कुण्ड देखियो। बेदकोट ताल! 

Bedkot_Lake_taal_kanchanpur_31668049748.jpg

बेदकोट ताल:
यो ताल सुदूरपश्चिम प्रदेशको सीमावर्ती जिल्ला कञ्चनपुरमा पर्दछ। सदरमुकाम महेन्द्रनगरदेखि २० किलोमिटर टाढा पर्दोरहेछ। महेन्द्र राजमार्गको दैजी चौराहाबाट १३ किलोमिटर टाढा। यही तालको नामबाट साबिकका दैजी र सुडा गाविसलाई गाबेर बेदकोट नगरपालिका बनाइएको रहेछ। यो ताल बेदकोट नपा वडा नम्बर ३ मा पर्दो रहेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

समुद्र सतहदेखि झण्डै ३०० मिटर उचाइमा रहेको यो तालको क्षेत्रफल ५८० मिटर लम्बाइ, २६० मिटर चौडाइ र १५.८५ मिटर गहिराइ रहेको बताइन्छ।

Bedkot_Lake_taal_kanchanpur_11668049747.jpg

तालमा थरीथरीका माछाहरू भएता पनि मार्ने गरिँदैन रे। घना जंगलको बीचमा अवस्थित यो तालको पानी कंचन नै देखियो। तालको सतहमा पातहरू देखिएनन्। देउताको शक्तिका कारण पातहरू नहुने किम्बदन्ति रहेछ। 

हामी तालको वरिपरि एक फन्को हान्ने योजना मुताबिक हिड्यौं। मन्दिर ठडियो। ढुङ्गाले बनेको चौतारोमा विशाल पिपलको शीतलतामा सुस्तायौं निकै बेर। हामिले फन्को मारेनौं। प्रशान्त दादालाई असहज महसुस भएको थियो। राजेन्द्र दादाले दाहिने हत्केलाको पञ्जा प्रशान्त दादाको निधारमा राखे। ज्वरो रैछ। ज्वरो उतार्ने पुरातन विधि राजेन्द्र दादाले तत्काल लागु गरे। एकछिन हाँसो छायो। 

हामी तालकै अग्रभागमा फर्कियौं। राजहाँस देखियो तालमा। उसको उडान, अवतरण, पौडाइ र चराइलाई निकै बेर नियालेँ मैले। 

Raj_Haans_Duck_Bedkot_taal1668049750.jpg

नजिकैको मन्दिर शिवको रहेछ। सिद्ध–बैजनाथ बाबाको मन्दिर पनि भनिदो रहेछ। मन्दिरमा विवाह, ब्रतबन्ध जस्ता कर्मकाण्ड पनि हुने रहेछन्। 

थरिथरिका पुतलीहरू, फूलहरू, विभिन्न चराचुरुङ्गीको चिरविर, बाँदरको चिरविर, हरिया चुरे पर्वत, घना जंगलले निकै सुन्दरता भरेको पाइयो तालमा। 

Bedkot_Lake_taal_kanchanpur_51668049749.jpg

सुदुर पश्चिमकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रुपमा परिचित हुँदै गैरहेको रहेछ ताल र यस वरपरको क्षेत्र। तालबारे थरिथरि किम्बदन्ति रहेछन्। 

तालको रेखदेख गरिरहने बझाङतिरका जट्टावाल बाबा त्यहीँ बस्दा रहेछन्। उनीसँग निकै बेर भलाकुसारी भयो। एउटा ज्याद्रो बाँदरदेखि, राजहाँससम्म, उनको जीवन भोगाइदेखि ताल बारेका किम्बदन्तिसम्म। उनी खुलेर प्रस्तुत भए।  

पाण्डवहरूको वनबासकालीन समयमा १ वर्ष यहीँ विताएका थिए। उनीहरूले पानीका लागि यो ताल बनाएका थिए भन्ने किम्बदन्ति पनि रहेछ। पाण्डवहरुले बेदधुनि जगाएकाले यो क्षेत्रको नाम बेदकोट रहेको भन्ने पनि भनाइ रहेछ।

Bedkot_Lake_taal_kanchanpur_41668049749.jpg

परापूर्वकालमा बेदकोट क्षेत्रमा आइ माघ शुक्ल दशमीका दिन रात्री समयमा पूजा गरियो। पूजापछि ब्राह्मणले खाना पकाएर सबै भक्तालुलाई खुवाए। तर ब्राह्मणलाई पुगेन।  ब्राह्मण भोकै सुत्न लाग्दा उनको शिरानीबाट पानीको मुहान फुट्यो। त्यहि मुहान बेदकोट नामले प्रचलित बनेको अर्को किम्बदन्ति पनि सुनियो। 

Flower_Bedkot_lake_kanchanpur1668049749.jpg

तराईको उखरमाउलो गर्मीलाई छल्न तथा एकान्तमा रमाउन चाहाने पर्यटकको लागि यो क्षेत्र उत्तम रहेछ। धनगढी, महेन्द्रनगर तथा छिमेकी देश भारतका बनबासा, टनकपुर, खटिमा लगायतका विभिन्न ठाउँबाट भ्रमण तथा पूजापाठ गर्ने उद्देश्यले मानिसहरू आउँदा रहेछन्। 

६० फिट अग्लो भ्यू टावर बनाइएको रहेछ, जहाँबाट ताल, बेदकोट छेत्र, चुरे पहाड र कञ्चनपुर र कैलालीका विशाल फाँटहरूको अवलोकन गर्न सकिने रहेछ। 

Bedkot_Lake_taal_kanchanpur_21668049748.jpg

यस क्षेत्रका मन्दिरहरूमा रहेका पुरातात्त्विक महत्वका मुर्तिहरू चोरी पैठारी भएको भन्ने पनि सुनियो। 

घडीको सुइले ४ बजाइसकेको थियो। चर्को सूर्य शीतल भइरहेको थियो। उसको यात्रा पश्चिमी डाँडातिर लम्किरहेको थियो। हामीलाई फर्कनु थियो। जट्टावाल बाबासँग सेल्फी हानेर हामि जोगबुढा–दैजी मार्ग हुँदै महेन्द्र राजमार्गमा मिसियौं। 

Selfie_Bedkot_lake1668050038.jpg

अत्तरिया आइपुग्दा हामीलाई चर्को हुरी र बतासे पानीले पछ्याइसकेको थियो।

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०९:०९
  • #यात्रा
  • #सुदूरपश्चिम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गगन अविदित
लेखकबाट थप
एक पलको हिस्सा बेदकोट ताल
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए? शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : राहत, उद्धार र पुनर्स्थापनाका लागि अहिलेसम्म कति देशबाट आयो सहयोग? शुक्रबार, भदौ १९, २०८३
बाढीले क्षति पुर्‍याएका २० वटा झोलुंगे पुल तत्काल मर्मत गरी सञ्चालनमा ल्याइने शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्