• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

समृद्ध काभ्रे नै मेरो प्रमुख अजेन्डा हो : शिवप्रसाद हुमागाईं [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २५, २०७९  १८:३८
1140x725

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे- २ बाट नेपाली कांग्रेसका नेता शिव हुमागाईं मैदानमा छन्। हुमागाईंको प्रतिस्पर्धा नेकपा एमालेका नेता गोकुल बास्कोटासँग हुँदैछ।

२०५६ सालको निर्वाचनमा काभ्रेबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुमागाईं यतिबेला घरदैलो अभियानमा व्यस्त छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार हुमागाईंसँग निर्वाचनको तयारी र मतदातामाझ प्रस्तुत गरेका अजेण्डा लगायतका विषयमा नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी: 

तपाईं आफ्नो राजनीतिक यात्रा, उद्देश्य र मान्यतालाई जनतासामु कसरी प्रस्तुत गर्नुहुन्छ?
जनताको खोसिएको अधिकार स्थापित गर्ने र जनतालाई सार्वभौम बनाउने उद्देश्यका साथ म राजनीतिमा होमिएको हुँ। मैले जहिलेदेखि राजनीति सुरु गरें, मूल्य-मान्यता, निष्ठा, त्याग र सिद्धान्त छोडेको छैन। यही निष्ठा र मूल्यको राजनीतिलाई अगाडि बढाउने क्रममा फेरि एक पटक जनताको घरदैलोमा पुगिरहेको छु।

घरदैलो अभियानका क्रममा मतदाताहरु समक्ष पार्टीगत र व्यक्तिगत रुपमा कस्ता अजेन्डा प्रस्तुत गरिरहनुभएको छ?
२००७ सालदेखि २०६२/०६३ सम्मका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिहरुको संस्थागत विकास र जर्गेना गर्ने, जनताले बनाएको संविधानको रक्षा र संस्थागत विकास गर्ने तथा शान्ति र स्थिरता कायम गरेर मुलुकलाई समृद्धिको बाटोमा डोर्याउने अभियान र अजेण्डाका साथ हामीहरु राजनीतिमा हिँडिरहेका छौं। 

तपाईं २०५६ को निर्वाचनमा निर्वाचित भइसकेपछि निष्क्रिय हुनुहुन्थ्यो, अहिले एक्कासि चुनावमा सक्रिय हुनुभयो भन्ने आरोप छ। यस विषयमा के भन्न चाहनुहुन्छ? 
त्यो विपक्षीले लगाएको आरोप मात्र हो। म निरन्तर रुपमा जनताका बीचमा छु। हरेक आन्दोलनमा सक्रिय छु। हरेक सम्मेलनमा छु। कोभिड महामारी आउँदा काभ्रे जिल्लाका सबै पालिकामा राज्यले स्वास्थ्य सामग्री पुर्‍याउन नसक्दा संस्थागत रुपमा मैले पुर्‍याएको छु। भूकम्प आउँदा सबैको घरदैलोमा पुगेको छु।

म २०५६ सालको निर्वाचनपछि पनि दुई चोटी पार्टीको जिल्ला सभापति भएँ। पार्टी सभापति रहेको व्यक्ति निष्क्रिय भयो भनेर कसले भन्यो तपाईंलाई? यो गलत आरोप हो।

तपाईंको चुनाव जित्ने आधार के छ? स्थानीय तहको मत परिणामलाई कसरी विश्लेषण गर्नुहुन्छ?
स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनको मत एमालेको भन्दा १६ हजार बढी छ। मैले चुनाव जित्ने पहिलो आधार यही हो।

nimb
nimb
Ncell 2
Ncell 2

दोस्रो, म काभ्रेको राजनीतिमा निरन्तर जनताको साथमा छु। जनताको सुख-दु:खमा सँगै छु। जनताका काममा क्रियाशील छु। जसले गर्दा जनताको, मतदाताको अपार माया पाएको छु।

तेस्रो, मैले २०५६ सालमा निर्वाचन जितिसकेपछि काभ्रेमा पहिलो पटक विकासको बहस प्रारम्भ भएको हो। मैले काभ्रेका गौरवका योजनाहरु सम्पन्न गरेको छु। म जे बोल्छु, त्यही गर्छु। यो मेरो संस्कार र संस्कृति हो। त्यस कारण यो पटकको जित हाम्रो हो। लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारका रुपमा प्रस्तुत भएका कारणले पनि हाम्रो जित सुनिश्चित छ। 

विपक्षी उम्मेदवारप्रति तपाईंको मूल्यांकन के छ? कत्तिको चुनौती महसुस गरिरहनुभएको छ? 
विपक्षीले आफ्ना पूर्णकालीन कार्यकर्ता, पार्टीका साथीहरुको विश्वास लिनु स्वभाविक हो। उहाँहरुले काभ्रे जिल्लाका आमनागरिक समाज, स्वतन्त्र मतदाता, बुद्धिजीवी, किसान, मजदूर, सबै जातजाति, धर्म, लिंग र सम्प्रदायको मत लिन सक्ने सम्भावना छैन।

निर्वाचन जित्नुभयो भने संसदमा तपाईंको भूमिका कस्तो हुन्छ? कस्ता मुद्दाहरु संसदमा उठाउनुहुन्छ? 
म सांसद भएर आएपछि निरन्तर संसदमा जनताका आवाज बुलन्द गर्छु। संविधानको सर्वोच्चता, संविधानको रक्षाको निम्ति क्रियाशील रहनेछु। गणतन्त्रात्मक शासन पद्धतिको संस्थागत विकासका लागि मेरो क्रियाशिलता हुनेछ र मुलुकलाई समृद्धिको बाटोमा लैजान पहल गर्नेछु। राजनीतिमा देखिएका केही विकृति-विसंगतिको अन्त्यका लागि म सशक्त भएर लड्नेछु। यिनै हुन् मेरा अजेण्डा। 

काभ्रे जिल्लाभित्र केही राजनीतिक अजेण्डा छन्। केही विकासका अजेण्डा छन्। भोलिको समृद्ध काभ्रे बनाउनका लागि म निरन्तर क्रियाशील रहनेछु।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्