काठमाडौं– सरकारले ११ वटा सहकारी संस्थाका ऋणीलाई समयमा नै ऋण नतिरे कालो सूचीमा राख्ने भएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ११ वटा समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरूले समयमा नै ऋण चुक्ता नगरे कानून बमोजिम कालो सूचिमा राख्ने जानकारी दिएको छ।
समितिका अनुसार समस्याग्रस्त रहेका स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ र स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, लुः निभा बहुउद्देश्यीय सहकारी संस्था रहेका छन्।
यसैगरी, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ, कोहिनुर हिल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था, सोसाइटल बचत तथा ऋण सहकारी संस्था रहेका छन्। यी संस्थाबाट लिएको ऋण समयमा नै नतिरे कालो सूचीमा राख्ने भएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।