• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

शेरबहादुर तामाङ मत माग्नै जान सक्नुभएको छैन, त्यसैले मेरो जित निश्चित छ : मोहन बस्नेत [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २५, २०७९  १३:०२
1140x725

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका मोहन बस्नेत सिन्धुपाल्चोक-२ बाट उम्मेदवार बनेका छन्। यसअघि सिन्धुपाल्चोक-१ बाट उम्मेदवार भएर सांसद र मन्त्री समेत बनेका बस्नेत यस पटक नयाँ क्षेत्रमा गएर उम्मेदवार भएका छन्।

सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा निर्वाचनमा होमिएका बस्नेतको प्रतिस्पर्धा नेकपा एमालेका शेरबहादुर तामाङसँग हुँदैछ। तामाङ तेस्रो पटक जित निकाल्ने दाउमा छन् भने बस्नेत उनलाई पराजित गर्दै नयाँ क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्ने अभियानमा छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक-१ का उम्मेदवार बस्नेतसँग निर्वाचन वरिपरि रहेर नेपाल लाइभले गरेको कुराकानीः

तपाईं यो क्षेत्रमा उम्मेदवार भएर घरदैलो गरिरहँदा जनताको अपेक्षा के पाउनुभएको छ? 
जनताको चासो र अपेक्षा भनेकै विकास हो। सिन्धुपाल्चोक- १ मा निर्वाचित भएर मन्त्री हुँदा मैले धेरै विकास गरेको तर यो क्षेत्रमा जितेर जानेहरुले काम नगरेकोले यहाँका जनताले मबाट धेरै अपेक्षा राखेको देखें। यहाँका जनताले कृषिदेखि जडिबुटी र पर्यटकीय विकासको आशा राखेको पाएको छु।

बाढीले धेरै क्षति पुगेको क्षेत्र हो यो। यहाँका धेरै मानिस बाढीबाट विस्थापित भएका छन्। त्यसैले यहाँका मतदाताले काम गर्ने मानिस खोजिरहेका छन्। जनताका अप्ठ्यारा केन्द्रसम्म लैजाने र बजेट ल्याउने सांसद यहाँका जनताले खोजेको मैले पाएको छु।

मैले जनताको अपेक्षा अनुसार दिन र महिना तोकेर काम गर्छु भनेको छु। ती काम जिते पनि वा हारे पनि सम्पन्न गर्ने योजना बनाएको छु। १२ कक्षासम्म निःशुल्क गराउने अभियान अब सिन्धुपाल्चोक- २ बाट सुरु हुन्छ। लामो योजना बनाएर काम गरिरहेका छौं। सिन्धुपाल्चोकका धेरै क्षेत्र फ्रि वाइफाइ जोन बनाउने घोषणा गरेको छु र त्यो काम पूरा गर्नेछु।

Ncell 2
Ncell 2

तपाईंको प्रतिस्पर्धीका रुपमा रहनुभएका शेरबहादुर तामाङ यही क्षेत्रको स्थानीय हुनुहुन्छ। उहाँ यसअघि दुई पटक जितेर सांसद हुनुभएको र तपाईं अन्तैबाट आएको आरोप छ नि? 
उहाँलाई आफ्नै कार्यकर्ताले गुनासो गरिरहेका छन्। जहाँ जाँदा पनि तपाईंले पाँच वर्षमा खै के काम गर्नुभयो भनी प्रश्न गरिरहेका छन्। उहाँलाई गाउँ घुम्न समेत गाह्रो परिरहेको देखिन्छ। त्यसैले मेरो उहाँसँग के प्रतिस्पर्धा भन्ने? 

गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीका साथीहरु इमान्दारितापूर्वक निर्वाचन प्रचारमा लाग्नुभएको छ। गठबन्धनको भोट जोड्दा १६ हजारभन्दा धेरै अन्तर छ। उहाँको लोकप्रियता दिनप्रतिदिन घट्दो छ। म जनतासँग काम गरेर विकासवादी नेताको रुपमा परिचित छु। प्रत्येक वडामा पुग्दा धेरै हौसला पाएको छु। काम गर्ने उम्मेदवार भएकोले पार्टी नभनी भोट हाल्छौं भन्नुभएको छ। 

तपाईं सिन्धुपाल्चोक- १ बाट उम्मेदवार हुँदै आउनुभएको थियो। यो पटक २ मा आउनुभएको छ। टुरिस्ट उम्मेदवार भनेर तपाईंको आलोचना भइरहेको छ। यस्तो अवस्थामा आफ्नो प्रतिस्पर्धीलाई कसरी लिनुभएको छ? 
म विगतमा यो क्षेत्रमा निर्वाचन लडेको थिइनँ, यो सत्य हो। तर मैले यहाँको विकासका लागि काम गरेको छु। म स्वास्थ्य राज्यमन्त्री हुँदा मेलम्ची बजारमा अस्पताल निर्माण गरें। मेरो प्रतिस्पर्धी शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री नै हुनुभयो। कानुन मन्त्री पनि हुनुभयो। उहाँले त्यो अस्पतालका लागि के गर्नुभयो त? मैले जिल्लाका धेरै विद्यार्थीलाई नि:शुल्क पढाएँ। बाढी-पीडित विद्यार्थीहरुलाई अहिले पनि पढाइरहेको छु।

मेलम्ची बजारमा ठूलो पहिरो गयो। म बिहानै आएर पैसा दिएर गएँ। उहाँ भने कार्यकर्ताले गाली गरेपछि बेलुका आएर हात हल्लाएर जानुभयो। भ्रेमाथाङ पहिरोले कति पुल बगायो। मैले चनौटेको रातो पुल बनाउन पहल गरें। प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरेर मैले त्यहाँ पुल बनाएँ। अहिले उहाँ त्यही पुलमा हिँडेर चुनाव प्रचार गरिरहनुभएको छ। म पुल बनाउने, बाढी आउने वित्तिकै आउने टुरिस्ट कि उहाँ टुरिस्ट।

उहाँको घरकै बाटोबाट म आएको हुँ। उहाँको घर अहिले शून्य छ। मेरो घरमा हेर्न जानूस्, कार्यकर्ता सधैं छन्। भूकम्पको समयमा मैले जनतालाई घरमै खाना बनाएर खुवाएँ। त्यतिबेला उहाँको अत्तोपत्तो थिएन।

सधैं काठमाडौ बस्ने, जनताको दु:खमा कहिल्यै नआउने अनि अरुलाई टुरिस्ट उम्मेदवार भनेर प्रचार गर्न मिल्छ? यहाँका जनतालाई कोरोना लाग्दा हेलिकोप्टरबाट अस्पताल लैजाने, स्वास्थ्य बिमा गर्नेदेखि अक्सिजन प्लान्ट समेत बनाएँ मैले। त्यसैले टुरिस्ट को हो, मंसिर ४ गतेको निर्वाचनमा जनताले फैसला गर्छन्।

तपाईंले जित्ने आधार के हो त?
मेरो जित्ने आधार मेरो काम नै हो। मैले गठबन्धनको आधारमा धेरै मत पाउँछु। पहिला पनि पपुलर मत पाएको थिएँ। अर्को आधार यही हो। यहाँ नेपाली कांग्रेस र माओवादीको संगठन र मत राम्रै छ। हामीलाई एकीकृत समाजवादीको समेत साथ  छ। एमाले गठबन्धनको मतभन्दा निकै पछाडि हुनु पनि जितको बलियो आधार हो। मेरो अर्को जितको आधार शेरबहादुर तामाङले कुनै काम नगर्नु पनि हो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १३:०२
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #मोहन बस्नेत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
न बदलिएको समाज
यस्तो राहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै आइतबार, पुस १३, २०८२
न बदलिएको समाज आइतबार, पुस १३, २०८२
यस्तो राहनेछ देशभरको मौसम आइतबार, पुस १३, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन, सबैलाई स्वीकारेर अघि बढ्नु पर्छ: कुलमान घिसिङ शनिबार, पुस १२, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज नेपाल लाइभ
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्