• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

शेरबहादुर तामाङ मत माग्नै जान सक्नुभएको छैन, त्यसैले मेरो जित निश्चित छ : मोहन बस्नेत [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २५, २०७९  १३:०२
1140x725

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका मोहन बस्नेत सिन्धुपाल्चोक-२ बाट उम्मेदवार बनेका छन्। यसअघि सिन्धुपाल्चोक-१ बाट उम्मेदवार भएर सांसद र मन्त्री समेत बनेका बस्नेत यस पटक नयाँ क्षेत्रमा गएर उम्मेदवार भएका छन्।

सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा निर्वाचनमा होमिएका बस्नेतको प्रतिस्पर्धा नेकपा एमालेका शेरबहादुर तामाङसँग हुँदैछ। तामाङ तेस्रो पटक जित निकाल्ने दाउमा छन् भने बस्नेत उनलाई पराजित गर्दै नयाँ क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्ने अभियानमा छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक-१ का उम्मेदवार बस्नेतसँग निर्वाचन वरिपरि रहेर नेपाल लाइभले गरेको कुराकानीः

तपाईं यो क्षेत्रमा उम्मेदवार भएर घरदैलो गरिरहँदा जनताको अपेक्षा के पाउनुभएको छ? 
जनताको चासो र अपेक्षा भनेकै विकास हो। सिन्धुपाल्चोक- १ मा निर्वाचित भएर मन्त्री हुँदा मैले धेरै विकास गरेको तर यो क्षेत्रमा जितेर जानेहरुले काम नगरेकोले यहाँका जनताले मबाट धेरै अपेक्षा राखेको देखें। यहाँका जनताले कृषिदेखि जडिबुटी र पर्यटकीय विकासको आशा राखेको पाएको छु।

बाढीले धेरै क्षति पुगेको क्षेत्र हो यो। यहाँका धेरै मानिस बाढीबाट विस्थापित भएका छन्। त्यसैले यहाँका मतदाताले काम गर्ने मानिस खोजिरहेका छन्। जनताका अप्ठ्यारा केन्द्रसम्म लैजाने र बजेट ल्याउने सांसद यहाँका जनताले खोजेको मैले पाएको छु।

मैले जनताको अपेक्षा अनुसार दिन र महिना तोकेर काम गर्छु भनेको छु। ती काम जिते पनि वा हारे पनि सम्पन्न गर्ने योजना बनाएको छु। १२ कक्षासम्म निःशुल्क गराउने अभियान अब सिन्धुपाल्चोक- २ बाट सुरु हुन्छ। लामो योजना बनाएर काम गरिरहेका छौं। सिन्धुपाल्चोकका धेरै क्षेत्र फ्रि वाइफाइ जोन बनाउने घोषणा गरेको छु र त्यो काम पूरा गर्नेछु।

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंको प्रतिस्पर्धीका रुपमा रहनुभएका शेरबहादुर तामाङ यही क्षेत्रको स्थानीय हुनुहुन्छ। उहाँ यसअघि दुई पटक जितेर सांसद हुनुभएको र तपाईं अन्तैबाट आएको आरोप छ नि? 
उहाँलाई आफ्नै कार्यकर्ताले गुनासो गरिरहेका छन्। जहाँ जाँदा पनि तपाईंले पाँच वर्षमा खै के काम गर्नुभयो भनी प्रश्न गरिरहेका छन्। उहाँलाई गाउँ घुम्न समेत गाह्रो परिरहेको देखिन्छ। त्यसैले मेरो उहाँसँग के प्रतिस्पर्धा भन्ने? 

गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीका साथीहरु इमान्दारितापूर्वक निर्वाचन प्रचारमा लाग्नुभएको छ। गठबन्धनको भोट जोड्दा १६ हजारभन्दा धेरै अन्तर छ। उहाँको लोकप्रियता दिनप्रतिदिन घट्दो छ। म जनतासँग काम गरेर विकासवादी नेताको रुपमा परिचित छु। प्रत्येक वडामा पुग्दा धेरै हौसला पाएको छु। काम गर्ने उम्मेदवार भएकोले पार्टी नभनी भोट हाल्छौं भन्नुभएको छ। 

तपाईं सिन्धुपाल्चोक- १ बाट उम्मेदवार हुँदै आउनुभएको थियो। यो पटक २ मा आउनुभएको छ। टुरिस्ट उम्मेदवार भनेर तपाईंको आलोचना भइरहेको छ। यस्तो अवस्थामा आफ्नो प्रतिस्पर्धीलाई कसरी लिनुभएको छ? 
म विगतमा यो क्षेत्रमा निर्वाचन लडेको थिइनँ, यो सत्य हो। तर मैले यहाँको विकासका लागि काम गरेको छु। म स्वास्थ्य राज्यमन्त्री हुँदा मेलम्ची बजारमा अस्पताल निर्माण गरें। मेरो प्रतिस्पर्धी शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री नै हुनुभयो। कानुन मन्त्री पनि हुनुभयो। उहाँले त्यो अस्पतालका लागि के गर्नुभयो त? मैले जिल्लाका धेरै विद्यार्थीलाई नि:शुल्क पढाएँ। बाढी-पीडित विद्यार्थीहरुलाई अहिले पनि पढाइरहेको छु।

मेलम्ची बजारमा ठूलो पहिरो गयो। म बिहानै आएर पैसा दिएर गएँ। उहाँ भने कार्यकर्ताले गाली गरेपछि बेलुका आएर हात हल्लाएर जानुभयो। भ्रेमाथाङ पहिरोले कति पुल बगायो। मैले चनौटेको रातो पुल बनाउन पहल गरें। प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरेर मैले त्यहाँ पुल बनाएँ। अहिले उहाँ त्यही पुलमा हिँडेर चुनाव प्रचार गरिरहनुभएको छ। म पुल बनाउने, बाढी आउने वित्तिकै आउने टुरिस्ट कि उहाँ टुरिस्ट।

उहाँको घरकै बाटोबाट म आएको हुँ। उहाँको घर अहिले शून्य छ। मेरो घरमा हेर्न जानूस्, कार्यकर्ता सधैं छन्। भूकम्पको समयमा मैले जनतालाई घरमै खाना बनाएर खुवाएँ। त्यतिबेला उहाँको अत्तोपत्तो थिएन।

सधैं काठमाडौ बस्ने, जनताको दु:खमा कहिल्यै नआउने अनि अरुलाई टुरिस्ट उम्मेदवार भनेर प्रचार गर्न मिल्छ? यहाँका जनतालाई कोरोना लाग्दा हेलिकोप्टरबाट अस्पताल लैजाने, स्वास्थ्य बिमा गर्नेदेखि अक्सिजन प्लान्ट समेत बनाएँ मैले। त्यसैले टुरिस्ट को हो, मंसिर ४ गतेको निर्वाचनमा जनताले फैसला गर्छन्।

तपाईंले जित्ने आधार के हो त?
मेरो जित्ने आधार मेरो काम नै हो। मैले गठबन्धनको आधारमा धेरै मत पाउँछु। पहिला पनि पपुलर मत पाएको थिएँ। अर्को आधार यही हो। यहाँ नेपाली कांग्रेस र माओवादीको संगठन र मत राम्रै छ। हामीलाई एकीकृत समाजवादीको समेत साथ  छ। एमाले गठबन्धनको मतभन्दा निकै पछाडि हुनु पनि जितको बलियो आधार हो। मेरो अर्को जितको आधार शेरबहादुर तामाङले कुनै काम नगर्नु पनि हो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १३:०२
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #मोहन बस्नेत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्