काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ।
मंगलबार सार्वजनिक गरिएको सूची अनुसार ८७ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन्। जसमध्ये १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १३ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन्।
यस्तै, जीवन बिमा समूहबाट ४ वटा, निर्जिवनबाट ५ वटा र २९ वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ।
यता, तारागाउँ रिजेन्सी होटल, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।