काभ्रे- साहित्यकार एवं संस्कृतिकर्मी सूर्य लाकोजूले 'पनौतीका केही जात्रापर्वहरु' नामक पुस्तक बजारमा ल्याएका छन्। चार खण्डमा विभाजन गरिएको पुस्तकमा पनौती नगरको विशेषतालाई लिपिबध्द गरिएको छ।
पुस्तकमा पनौतीको इतिहास, यहाँ मनाइने जात्रा, पर्व, ऐतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको लेखक लाकोजूले बताए।
पनौती प्राचीन थलो हो। प्रकृति र संस्कृतिले सजिएको पनौती नगरको बारेमा जानकारी लिन चाहनेहरूका यो पुस्तक उपयोगी हुने लेखक लाकोजूले बताए।
साहित्यकार लाकोजूका नेपाली साहित्यका कविता, कथा, निबन्ध जस्ता विविध विधाका साढे तीन दर्जन कृति प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।