काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन: जटिल बनेपछि अस्पताल भर्ना गरिएको छ।
केही दिन अघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी सीताको स्वास्थ्यमा समस्या देखिएपछि पुन: अस्पताल भर्ना गरिएको हो।
प्रचण्डको सचिवालयका अनुसार सीतालाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।