काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ विभागले जनाएको छ।
सोमबार दिउँसो भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बाँकी प्रदेशका पहाडी भू–भूभागमा आंशिकदेखि समान्य बदली रहने र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।