काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक घोषणापत्रमा उसले संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणालीको निरन्तरताको पक्षमा आफूलाई उभ्याएको छ।
’विभिन्न कम्युनिस्ट, वामपन्थी दलहरू राष्ट्रपतीय शासन प्रणालीको पक्षमा वकालत गर्दैछन्। तर, लोसपा संसदीय प्रणालीको निरन्तरताको पक्षमा उभिएको छ’, घोषणापत्रमा भनिएको छ।
त्यस्तै, मिश्रित प्रणालीको पक्षमा उसको तर्क छ– ’मिश्रित निर्वाचन प्रणाली बढी समावेशी पनि रहेकोले हाम्रो देशको लागि यो प्रणाली उपयुक्त रहेको र यस प्रणालीलाई निरन्तरता दिनु उचित हुने लोसपा नेपालको धारणा रहेको छ।’
लोसपाले संविधान संशोधनको पुरानै अजेन्डालाई पनि निरन्तरता दिएको छ। उसले संविधानका धेरैजसो धारहरू पक्षपातपूर्ण, नश्लवादी, द्वन्द्व चर्काउने किसिमका भएको उल्लेख गरेको छ।
पढ्नुहोस् पूर्णपाठः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।