काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरेर चुनाव बहिस्कार गर्ने बताएका छन्।
प्रज्ञा भवन कमलादीमा आइतबार पत्रकार सम्मलेन गर्दै उनीहरुले यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव बहिस्कार गर्ने घोषणा गरेका हुन्।
चुनाव बहिस्कार गरेका उनीहरुले विभिन्न कार्यक्रम समेत गर्ने बताएका छन्। कात्तिक २४ गते काठमाडौंमा, २६ गते बुटवल र इटहरीमा, २८ गते बर्दिबास र पोखरामा ३० गते सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने बताएका छन्।
कात्तिक २६ गतेदेखि ३० गतेसम्म विरोध प्रदर्शन तथा कोण सभा गर्ने पनि उनीहरुले संयुक्त प्रेस विज्ञप्तिनमार्फत जानकारी गराएका छन्।
त्यसैगरी देशव्यापी जिल्ला तथा स्थानीयस्तरमा आवश्यकता अनुसार सापेक्षता कार्यक्रम पनि गरिने बताइएको छ।
विगत पाँच वर्षमा राज्य सञ्चालकहरुले एमसीसी पास, लिपुलेक, अपर कर्णाली, अरुण तेस्रोमा गरेको, राष्ट्रघात, भ्रष्टाचार, कमिसनको खेल, तस्करी गरेको आरोप उनीहरुको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।