काठमाडौं- काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बा४ख ५७९० नम्बरको यात्रुबाहक बस त्रिशुली नदी किनारमा खसेको छ।
शनिबार साँझ बस बेनिघाट रोराङ गाउँपालिका-१०, हुग्दिखोलास्थित त्रिशुली किनारमा खसेको प्रहरीले जनाएको छ।
बस त्रिशुली नदी किनारमा खसेर दुर्घटना हुँदा चालकसहित १६ जना घाइते भएको र उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको छ। क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।