भैरहवा- गृहमन्त्री बालकृष्ण खाँणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि संघ र सातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार बनाउने दावी गरेका छन्।
रुपन्देही- ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका खाँणले शनिबार भैरहवामा माओवादीले निर्वाचन परिचालनका लागि आयोजना गरेको बृहत् कार्यकता भेलामा सात प्रदेश र संघमा गठबन्धनले बहुमत ल्याउने बताए।
लामो संघर्षपश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको जित अत्यावश्यक रहेको उनको भनाइ थियो।
एमाले नेतृत्वमा बनेको चुनावी गठबन्धन पश्चगामी रहेको बताउँदै यो गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत गराए। गणतान्त्रिक व्यवस्था बचाई नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको विजयी आवश्यक रहेको उनको भनाइ थियो।
निर्वाचनपछि बन्ने सरकारको मुख्य ध्यान मुलुको विकास र रोजगारीमा हुने पनि गृहमन्त्री खाँणले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।