काठमाडौं– सामुदायिक विद्यालयहरूमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगरपालिका र डिजिटल एण्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ।
महानगरकी उपप्रमुख सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा हालै राष्ट्रिय सभा गृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र बियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाले सम्झौतापत्रमा हस्ताक्षर गरेकि हुन्। बियोन्ड गुगलको नेपाल र दक्षिण एशियाली साझेदार संस्था हो।
आगामी दुई वर्षका लागि भएको सम्झौताबमोजिम बियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ।
यसअन्तर्गत सामुदायिक विद्यालयहरुमा शिक्षण र सिकाइका लागि शिक्षकहरूको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाइ व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन्।
कोड क्लब गठन गरेर कक्षा २ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर गुगल वर्कप्लेस फर एजुकेसनमार्फत यससम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। यसमा हरेक विद्यालयमा वेभ साइट चलाउन र सामग्री व्यवस्थापन गर्न एक जना प्रतिनिधिलाई तालिम दिइनेछ।
यसरी काम गर्दा साइबर सुरक्षा सुनिश्चित गर्ने, गुगलको चिल्डे«न अनलाइन प्राइभेसी प्रोटेक्सन नियमअन्तर्गत मेल जारी गर्ने काम बियोन्डले गर्ने महानगरले जनाएको छ।
महानगरकी उपप्रमुख डंगोलले डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीहरूको शैक्षिक तथा मानसिक विकासमा विश्वा लिइएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।