काठमाडौं– उपराष्ट्रपति नन्दकिशोर पुन र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ।
उपराष्ट्रपति पुनसँग आयुक्त थपलियासहित आयोगका पदाधिकारीहरू शुक्रबार भेटवार्ता भएको हो।
आयोगले सामाजिक सञ्जाल ट्विटरमार्फत उपराष्ट्रपति पुन र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता भएको जानकारी दिएको हो।
’उपराष्ट्रपति नन्दकिशोर पुनसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया एवं पदाधिकारीहरूले शुक्रबार भेटवार्ता गर्नुभएको छ,’ आयोगले लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।