खलंगा– पार्टीको पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग फोटो खिच्नेहरुलाई केही समयका लागि प्रतिक्षा गर्न आग्रह गरेका छन्।
आफूसँग धेरै जनाले फोटो खिचाउन नपाएको भन्दै उनले आफू चुनावपछि फेरि पनि आउने र त्यतिबेला पुग्नेगरी फोटो खिच्न पाइने ओलीको भनाइ छ।
‘चुनावपछि म दार्चुला आउनेछु। एक दिन यहीँ बस्नेछु। भेटघाट कार्यक्रम गर्नेछु। फोटो खिचाईनेछ। तपाईंहरुको रहर पुग्नेगरी फोटो खिच्नेगरी आउने छु,’ ओलीले भने।
उनले बहुमतको सरकार बनाउन दार्चुलाबाट गणेश ठगुन्नालाई जिताउन आग्रह गरे। दार्चुला जस्तो भीरपाखा भएको ठाउँबाट प्रचार अभियान थालिएको बताउँदै ओलीले दार्चुला र कालापानी विश्वले चिन्ने भएको दाबी गरे।
सम्बोधनका क्रममा ओलीले चुनावपछि दार्चुला र धार्चुला जोड्ने पक्की पुल बनाइने दाबी समेत गरे। ओलीले मंसिर ४ ओली सरकार आउने दाबी समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।