पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्तो रिकोले एक–आपसमा विवाह गरेको खबर सार्वजनिक गरेका छन्। प्रशंसकलाई अचम्मित बनाउँदै यी दुई सुन्दरीले इन्स्टाग्राममार्फत विवाहको खबर सार्वजनिक गरेका हुन्।
पूर्व मिस अर्जेन्टिना मरियाना भारेला र पूर्व मिस पोर्तो रिको फाबियोला भ्यालेन्टिनले सन् २०२० मा एकअर्कालाई भेटेका थिए। थाइल्याण्डमा सन् २०२० मा आयोजित मिस ग्रान्ड इन्टरनेशनलमा दुईको भेट भएको थियो। त्यतिबेला यी दुईले अर्जेन्टिना र पोर्तो रिकोलाई प्रतिनिधित्व गरेका थिए।
प्रतियोगिताको शीर्ष १० मा पुगेका यी दुवै मिल्ने साथी भए र सोसल मिडियामा जोडिए। त्यसपछि उनीहरुले एक–अर्कालाई डेट गर्न सुरु गरेका थिए।
यी दुईले इन्स्टाग्राममा एउटा भिडियो अंश साझा गरेका छन्। जसमा दुवैलाई निकै रोमान्टिक अन्दाजमा देख्न सकिन्छ। आफूहरुले गत अक्टोबर २८ मा पोर्तो रिकोमा विवाह गरेको उनीहरुले इन्स्टाग्राममा नै उल्लेख गरेका छन्।
‘हाम्रो सम्बन्धलाई गोप्य राख्ने निर्णयसहित, हामीले यसको ढोका विशेष दिनमा खोलिदिएका छौँ,’ स्प्यानिस भाषामा लेखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।