• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
दार्चुला निर्वाचन

विपक्षी उम्मेदवार हाम्रो छेउमै पर्न सक्दैनन्ः दिलेन्द्रप्रसाद बडू [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २३, २०७९  १३:००
1140x725

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दार्चुलाबाट लड्दैछन्। सत्ता-गठबन्धनका साझा उम्मेदवार बडूको प्रतिस्पर्धा नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश ठगुन्नासँग हुँदैछ।

२०४८ र २०५६ को प्रतिनिधि सभा निर्वाचनमा दार्चुलाबाट विजयी भएका बडू यस पटक ह्याट्रिक गर्ने दाउमा छन्। तीन पटक दार्चुलाबाट संघीय संसदको प्रतिनिधित्व गरिसकेका उनी २०७४ मा भने समानुपातिकतर्फबाट सांसद भएका थिए।

नजिकिँदै गरेको निर्वाचनको तयारी र चुनावी अजेण्डा लगायतका विषयमा बडूसँग नेपाल लाइभले गरेको कुराकानी: 

तपाईं यस पटक के अजेण्डा लिएर मत माग्दै हुनुहुन्छ? 
पहिलो त राष्ट्रिय अजेण्डा नै हो। मुलुकको संविधान, संविधानले निर्देशित गरेको शासन व्यवस्था, संघीयता, समावेशिता जस्ता विषयमा जुन संकट उत्पन्न भयो, त्यसलाई जोगाउनु नै मेरो मुख्य अजेण्डा हुनेछ।

यो सामान्य निर्वाचन मात्र होइन, प्रवृत्तिका विरुद्धको आन्दोलन पनि हो। यही कुरा हामीले जनता बुझाइराखेका छौं। किन यस्तो अवस्था आयो? किन हामी गठबन्धन बनाएर चुनावमा जानुर्‍यो? जनताको ठूलो बलिदान र संघर्षपछि संविधान सभाबाट बनेको संविधान किन समाप्त पार्न खोजियो? यसको हिसाब-किताब अब जनताले खोज्नेछन्।

यो संविधान र प्रणाली बचाउन सकिने भने न मुलुकले समृद्धिको बाटो समात्ने हो। संविधान नै खतरामा परेपछि मुलुक त दुर्घटनामा पर्छ नै। मुलुकलाई दुर्घटनाबाट बचाउनु पहिलो आवश्यकता हो। यीनै विषयलाई मैले अजेण्डामा समेटेको छु।

यो निर्वाचनलाई कसरी लिनुभएको छ? 
मैले अघि नै भनिहालें, यो सामान्य निर्वाचन होइन। सामान्य भएको भए त आ-आफ्ना पार्टीका अजेण्डा लिएर गइन्थ्यो होला नि। हामी गठबन्धनसहित निर्वाचनमा होमिएका छौं। यो विशेष अवस्थामा बनेको गठबन्धन हो। संविधानले निर्दिष्ट गरेको प्रणाली, यही प्रणालीबाट जनताले अपेक्षा गरेको विकास र समृद्धिको यात्रा सुनिश्चित गर्नु जरुरी छ।

दोस्रो, आफ्नो जिल्लासँग सम्बन्धित विकास निर्माणका विषयवस्तु मेरा मुख्य अजेण्डा हुन्। म आफू निर्वाचित भएर सरकारमा प्रतिनिधित्व गर्दाको बखत जति काम गरें। कति अधुरा छन्। ती अधुरा कामलाई पूरा गर्नु मेरो प्रमुख जिम्मेवारी हो।

Ncell 2
Ncell 2

म मन्त्री हुँदा जिल्लामा के-कति काम गरें? म नहुँदा जसले जिते उनीहरुले १० वर्षको अवधिमा के गरे? त्यो त जनताले मूल्यांकन गरेकै होलान्। मैले गरेको कामहरु जनताले खुलस्त रुपमा देखेका छन्। त्यस कारण उनीहरु हामीलाई कुनै किसिमका विकास निर्माणका कामले छुन सक्दैनन्।

प्रतिपक्षी दल नेकपा एमालेले २०७४ सालको चुनावपछि जसरी मुलुकलाई दुर्घटनामा पार्ने कोसिस गर्‍यो। त्यो दण्डनीय छ। जसका कारण एमाले आफैं पनि विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ। जसले नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् उनीहरु एमाले भित्रका इमान्दर र आन्दोलन र परिवर्तनका पक्षधर हुन्।

केपी ओलीजीको एमाले अहिले मैदानमा छ। ऊ त्यसै पनि कमजोर भइसक्या छ। त्यसका विरुद्धको एउटा जनमत संघर्षको एउटा बाटोमा लागिरहेका छौं।
 
तपाईं जित्ने आधार के-के हुन्? जनताले तपाईंलाई किन मतदान गर्ने? 
मैले गरेको विकास र योजनाहरु नै मेरा जित्ने आधार हुन्। २०४८ र २०५६ सालमा मैले यही ठाउँबाट चुनाव जितेर गएको हुँ। त्यतिबेला सरकारमा हुँदा र अहिले संघीय सरकारमा रहँदा मैले गरेका कामहरु नियाल्ने हो भने स्पष्ट हुन्छ। 

हामीले प्राधिकरणबाट चमेलिया विद्युत आयोजना बनायौं। यहाँ विद्युतीकरण हाम्रै पालामा सुरु भएको हो। सँगसँगै हामीले खानेपानीका आयोजनाहरु सञ्चालन गरेका छौं। २०५६ मा पनि सरकारमा रहँदा शिक्षा क्षेत्रमा स्कुल भवनहरु बनाएको छु। त्यो पूर्वाधार अहिले पनि टिकिरहेको छ। 

अपी नाप्पा निकुञ्ज बनाएर हामीले पर्यटकीय पूर्वाधारका निमित्त प्रोजेक्ट चलाइराखेका छौं। यहाँका गाउँहरुमा अहिले खाद्यान्नको व्यवस्था गरेका छौं। म सरकारमा रहँदा २०५१ सालमा मैले नै यहाँ खाद्यान्न डिपोको स्थापना गरेको थिएँ। तीन ठाउँमा खाद्य डिपो थियो। यस पटक ८ वटा नयाँ ठाउँमा खाद्य डिपो थपेको छु। जिल्लामा खाद्यान्नको कार्यालय पुनर्स्थापना गरेको छु।  

यहाँ तीन वटा साना अल्लो उत्पादन गर्ने उद्योगहरु चलिरहेका छन्। उनीहरुलाई प्राविधिक सहयोग पुर्‍याएका छौं।

दार्चुला भारत र नेपालसँग जोडिएको जिल्ला हो। दार्चुलामा भर्खरै नेपाल-भारत जोड्ने मोटेरबल पुलको शिलान्यास पनि गरेका छौं। यसअघि गड्डा चौकीमा एउटा पुल थियो। त्यसपछिको पहाडी जिल्ला दार्चुलामा मोटेरबल पुल बन्ने भएको हो। यसले उद्योग तथा वाणिज्यको क्षेत्रमा मुलुकको समृद्धिको कुरामा टेवा पुग्नेछ। हामीले जुन काम अहिले गरिरहेका छौं, जुन प्रयत्न गर्यौं, त्यसका निम्ती हामीलाई जनताले मत दिन्छन् भन्नेमा विश्वस्त छु।

प्रतिपक्षलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ?
प्रतिपक्षलाई मैले चुनौतीको रुपमा लिएको छैन। उनीहरु हाम्रो छेउमै पुग्दैनन्। उनीहरुले विकासको सन्दर्भमा पनि हामीलाई छुन सक्दैनन्। हामी उनीहरुभन्दा कयौं गुणा अगाडि छौं।

प्रतिपक्षले संसद् विघटन गरेर  संविधान मास्न खोज्दा हामीले बचायौं। यी कुरा सबै मतदाताकहाँ पुर्याएका छौं। मतदाताले पूर्ण रुपमा हामीलाई साथ दिनुभएको छ।

तपाईंले जित्नुभयो भने संसदमा कस्ता मुद्दा उठाउनुहुन्छ? 
हामीले जनतामाझ गरेका बाचाहरु पूरा गर्नेछौं। राजनीतिक स्थायित्वका विषय हामी जोडतोडका साथ उठाउँछौं। विकास निर्माणका मुद्दा उठाउँछौं। संघीय सरकार, प्रदेश सरकारमार्फत हामी स्थानीय सरकारलाई पनि साधन-स्रोत सम्पन्न बनाउँछौं।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १३:००
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्... मंगलबार, माघ ६, २०८२
मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयन... मंगलबार, माघ ६, २०८२
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना ज... मंगलबार, माघ ६, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्