• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
दार्चुला निर्वाचन

विपक्षी उम्मेदवार हाम्रो छेउमै पर्न सक्दैनन्ः दिलेन्द्रप्रसाद बडू [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २३, २०७९  १३:००
1140x725

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दार्चुलाबाट लड्दैछन्। सत्ता-गठबन्धनका साझा उम्मेदवार बडूको प्रतिस्पर्धा नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश ठगुन्नासँग हुँदैछ।

२०४८ र २०५६ को प्रतिनिधि सभा निर्वाचनमा दार्चुलाबाट विजयी भएका बडू यस पटक ह्याट्रिक गर्ने दाउमा छन्। तीन पटक दार्चुलाबाट संघीय संसदको प्रतिनिधित्व गरिसकेका उनी २०७४ मा भने समानुपातिकतर्फबाट सांसद भएका थिए।

नजिकिँदै गरेको निर्वाचनको तयारी र चुनावी अजेण्डा लगायतका विषयमा बडूसँग नेपाल लाइभले गरेको कुराकानी: 

तपाईं यस पटक के अजेण्डा लिएर मत माग्दै हुनुहुन्छ? 
पहिलो त राष्ट्रिय अजेण्डा नै हो। मुलुकको संविधान, संविधानले निर्देशित गरेको शासन व्यवस्था, संघीयता, समावेशिता जस्ता विषयमा जुन संकट उत्पन्न भयो, त्यसलाई जोगाउनु नै मेरो मुख्य अजेण्डा हुनेछ।

यो सामान्य निर्वाचन मात्र होइन, प्रवृत्तिका विरुद्धको आन्दोलन पनि हो। यही कुरा हामीले जनता बुझाइराखेका छौं। किन यस्तो अवस्था आयो? किन हामी गठबन्धन बनाएर चुनावमा जानुर्‍यो? जनताको ठूलो बलिदान र संघर्षपछि संविधान सभाबाट बनेको संविधान किन समाप्त पार्न खोजियो? यसको हिसाब-किताब अब जनताले खोज्नेछन्।

यो संविधान र प्रणाली बचाउन सकिने भने न मुलुकले समृद्धिको बाटो समात्ने हो। संविधान नै खतरामा परेपछि मुलुक त दुर्घटनामा पर्छ नै। मुलुकलाई दुर्घटनाबाट बचाउनु पहिलो आवश्यकता हो। यीनै विषयलाई मैले अजेण्डामा समेटेको छु।

यो निर्वाचनलाई कसरी लिनुभएको छ? 
मैले अघि नै भनिहालें, यो सामान्य निर्वाचन होइन। सामान्य भएको भए त आ-आफ्ना पार्टीका अजेण्डा लिएर गइन्थ्यो होला नि। हामी गठबन्धनसहित निर्वाचनमा होमिएका छौं। यो विशेष अवस्थामा बनेको गठबन्धन हो। संविधानले निर्दिष्ट गरेको प्रणाली, यही प्रणालीबाट जनताले अपेक्षा गरेको विकास र समृद्धिको यात्रा सुनिश्चित गर्नु जरुरी छ।

दोस्रो, आफ्नो जिल्लासँग सम्बन्धित विकास निर्माणका विषयवस्तु मेरा मुख्य अजेण्डा हुन्। म आफू निर्वाचित भएर सरकारमा प्रतिनिधित्व गर्दाको बखत जति काम गरें। कति अधुरा छन्। ती अधुरा कामलाई पूरा गर्नु मेरो प्रमुख जिम्मेवारी हो।

nimb
nimb
Ncell 2
Ncell 2

म मन्त्री हुँदा जिल्लामा के-कति काम गरें? म नहुँदा जसले जिते उनीहरुले १० वर्षको अवधिमा के गरे? त्यो त जनताले मूल्यांकन गरेकै होलान्। मैले गरेको कामहरु जनताले खुलस्त रुपमा देखेका छन्। त्यस कारण उनीहरु हामीलाई कुनै किसिमका विकास निर्माणका कामले छुन सक्दैनन्।

प्रतिपक्षी दल नेकपा एमालेले २०७४ सालको चुनावपछि जसरी मुलुकलाई दुर्घटनामा पार्ने कोसिस गर्‍यो। त्यो दण्डनीय छ। जसका कारण एमाले आफैं पनि विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ। जसले नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् उनीहरु एमाले भित्रका इमान्दर र आन्दोलन र परिवर्तनका पक्षधर हुन्।

केपी ओलीजीको एमाले अहिले मैदानमा छ। ऊ त्यसै पनि कमजोर भइसक्या छ। त्यसका विरुद्धको एउटा जनमत संघर्षको एउटा बाटोमा लागिरहेका छौं।
 
तपाईं जित्ने आधार के-के हुन्? जनताले तपाईंलाई किन मतदान गर्ने? 
मैले गरेको विकास र योजनाहरु नै मेरा जित्ने आधार हुन्। २०४८ र २०५६ सालमा मैले यही ठाउँबाट चुनाव जितेर गएको हुँ। त्यतिबेला सरकारमा हुँदा र अहिले संघीय सरकारमा रहँदा मैले गरेका कामहरु नियाल्ने हो भने स्पष्ट हुन्छ। 

हामीले प्राधिकरणबाट चमेलिया विद्युत आयोजना बनायौं। यहाँ विद्युतीकरण हाम्रै पालामा सुरु भएको हो। सँगसँगै हामीले खानेपानीका आयोजनाहरु सञ्चालन गरेका छौं। २०५६ मा पनि सरकारमा रहँदा शिक्षा क्षेत्रमा स्कुल भवनहरु बनाएको छु। त्यो पूर्वाधार अहिले पनि टिकिरहेको छ। 

अपी नाप्पा निकुञ्ज बनाएर हामीले पर्यटकीय पूर्वाधारका निमित्त प्रोजेक्ट चलाइराखेका छौं। यहाँका गाउँहरुमा अहिले खाद्यान्नको व्यवस्था गरेका छौं। म सरकारमा रहँदा २०५१ सालमा मैले नै यहाँ खाद्यान्न डिपोको स्थापना गरेको थिएँ। तीन ठाउँमा खाद्य डिपो थियो। यस पटक ८ वटा नयाँ ठाउँमा खाद्य डिपो थपेको छु। जिल्लामा खाद्यान्नको कार्यालय पुनर्स्थापना गरेको छु।  

यहाँ तीन वटा साना अल्लो उत्पादन गर्ने उद्योगहरु चलिरहेका छन्। उनीहरुलाई प्राविधिक सहयोग पुर्‍याएका छौं।

दार्चुला भारत र नेपालसँग जोडिएको जिल्ला हो। दार्चुलामा भर्खरै नेपाल-भारत जोड्ने मोटेरबल पुलको शिलान्यास पनि गरेका छौं। यसअघि गड्डा चौकीमा एउटा पुल थियो। त्यसपछिको पहाडी जिल्ला दार्चुलामा मोटेरबल पुल बन्ने भएको हो। यसले उद्योग तथा वाणिज्यको क्षेत्रमा मुलुकको समृद्धिको कुरामा टेवा पुग्नेछ। हामीले जुन काम अहिले गरिरहेका छौं, जुन प्रयत्न गर्यौं, त्यसका निम्ती हामीलाई जनताले मत दिन्छन् भन्नेमा विश्वस्त छु।

प्रतिपक्षलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ?
प्रतिपक्षलाई मैले चुनौतीको रुपमा लिएको छैन। उनीहरु हाम्रो छेउमै पुग्दैनन्। उनीहरुले विकासको सन्दर्भमा पनि हामीलाई छुन सक्दैनन्। हामी उनीहरुभन्दा कयौं गुणा अगाडि छौं।

प्रतिपक्षले संसद् विघटन गरेर  संविधान मास्न खोज्दा हामीले बचायौं। यी कुरा सबै मतदाताकहाँ पुर्याएका छौं। मतदाताले पूर्ण रुपमा हामीलाई साथ दिनुभएको छ।

तपाईंले जित्नुभयो भने संसदमा कस्ता मुद्दा उठाउनुहुन्छ? 
हामीले जनतामाझ गरेका बाचाहरु पूरा गर्नेछौं। राजनीतिक स्थायित्वका विषय हामी जोडतोडका साथ उठाउँछौं। विकास निर्माणका मुद्दा उठाउँछौं। संघीय सरकार, प्रदेश सरकारमार्फत हामी स्थानीय सरकारलाई पनि साधन-स्रोत सम्पन्न बनाउँछौं।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १३:००
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्