Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत : मधेश प्रदेश

मधेस केन्द्रित दललाई गुम्ने डर, कांग्रेस-एमालेलाई विरासत फर्काउने चुनौती

64x64
नवीन झा बुधबार, कात्तिक १६, २०७९  १४:४५
1140x725

जनकपुर- मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुको ध्यान मधेस प्रदेशमा केन्द्रित हुन थालेको छ। 

मधेस केन्द्रित दलहरुको प्रभाव रहेको मधेस प्रदेशमा प्रमुख दलहरुलाई आफ्नो उपस्थिति बलियो बनाउने चुनौती छ भने मधेस केन्द्रित दलहरुलाई अहिले रहेको वर्चस्व गुम्ला भन्ने डर देखिन्छ।

२०७४ को निर्वाचनमा तत्कालीन मधेसी पार्टीहरुले प्रदेशदेखि संघसम्म बलियो उपस्थिति बनाएका थिए। कांग्रेस, एमाले, माओवादी लगायतका दलहरु मधेस प्रदेशमा कमजोर देखिएका थिए।

३२ संघीय र ६४ प्रदेश निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी सहित मधेस केन्द्रित लोसपा र जसपा दुई वटा गठबन्धनमा निर्वाचन लडिरहेका छन्। अन्य केही साना दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

२०७४ को निर्वाचनमा कमजोर देखिएका ठूला दलहरु ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन बनाएरै भए पनि पुरानो विरासत फर्काउने ध्याउन्नमा छन्। कांग्रेस, माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा र लोसपाको चुनावी गठबन्धन छ भने एमाले, राप्रपा र जसपा नेपालबीच गठबन्धन बनेको छ।

गठबन्धन बनाएर चुनावमा होमिएको भए पनि सबै दलको आ-आफनै रणनीति देखिन्छ। सत्ता-गठबन्धनले वडा तहसम्मै पाँचदलीय संयन्त्र बनाएर काम गरिरहको छ तर गठबन्धनमै रहेकै दलहरुको दाउ भन्ने जतिसक्दो बढी सिट आफ्नो पक्षमा पार्ने भन्ने छ। 

नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ कांग्रेसले गठबन्धनको सयन्त्र बलियो बनाउनुको साथै आफ्नो पार्टी परिचालन गरेर निर्वाचनमा सक्दो बढी सिट जित्ने गरी रणनीति बनाएको बताए।

मधेस प्रदेशमा गठबन्धन गरेर चुनावमा गएका एमाले र जसपा पनि आफ्नै पार्टीका उम्मेदवारलाई जिताउन लागिपरेको देखिन्छ। एमालेका मधेस प्रदेशका प्रभावशाली नेता सुमन प्याकुरेल एमाले सबैभन्दा पहिला मधेस प्रदेशमा आफ्नो पार्टी कसरी बनाउने भन्ने रणनीतिका साथ निर्वाचनमा होमिएको दावी गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी नेता गणेश साह भने माओवादीले विगतभन्दा राम्रो नतिजा मधेसमा ल्याउने र त्यसका लागि पार्टीका सबै संयन्त्र सक्रिय रहेको बताउँछन्।

कांग्रेसको रणनीति : प्रदेश सरकारदेखि संघमा पहिलो दल 
४ मंसिरको निर्वाचनपछि मधेस प्रदेशमा आफ्नो नेतृत्वको सरकार बनाउनेदेखि प्रतिनिधि सभामा सक्दो बढी सिट जित्ने रणनीतिमा नेपाली कांग्रेस लागेको छ।

मधेस प्रदेशमा प्रतिनिधि सभातर्फ कांग्रेसले ३२ मध्ये १५ सिटमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको छ भने प्रदेशतर्फ ६४ सिटमध्ये ५० प्रतिशत सिटमा उम्मेदवारी दिएको छ। केही सिटमा आफूले टिकट नपाएपछि कांग्रेसकै नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

कांग्रेस मधेस प्रदेशका महामन्त्री श्रेष्ठले निर्वाचनपछि मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने लगभग निश्चित रहेको दावी गरे। ‘सत्ता-गठबन्धन मधेसमा सतप्रतिशत जित्ने अवस्थामा छ,’ श्रेष्ठ भन्छन्, ‘केन्द्रझैं प्रदेशमा पनि हाम्रो सरकार बन्छ।’

Xtrem

Xtrem

सत्ता-गठबन्धनमा पनि नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने भएपछि कांग्रेसकै नेतृत्वमा प्रदेश सरकार बन्ने मोटामोटी सहमति नै रहेको श्रेष्ठले बताए। यद्यपि, स्थानिय अगुवा नेताहरु मधेसमा यो पटक कांगेसले प्रदेश सरकार बनाएर पार्टीको पुरानो साख र दबदबा फर्काएको सन्देश दिन चाहेको बताउँछन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा छठमा जनकपुर आएर त्यसको थप सन्देश दिन चाहेको जानकारहरु बताउँछन्। मधेसमा पनि कांग्रेसको केन्द्रमा झैं विभिन्न गुट रहेकाले त्यस्तो समीकरणको आकलन अहिले नै गर्न सकिने अवस्था भने छैन। 

एमालेलाई ‘प्रभु’ धक्का 
अघिल्लो निर्वाचनमा मधेस प्रदेशमा सबैभन्दा नराम्रो नतिजा ल्याएको एमाले गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा आफ्नो साख फर्काएको सन्देश दिन सफल भएको थियो। पार्टी फुटका बाबजुद गएको स्थानीय तह निर्वाचनमा एमाले मधेस प्रदेशमा दोस्रो स्थानमा उक्लिएको थियो।

स्थानीय निर्वाचनको परिणामबाट हौसिदै प्रदेश र संघ निर्वाचनका लागि मधेसमा थप आक्रामक रुफमा प्रस्तुत भएको एमालेलाई उम्मेदवारी मनोनयनको दिनमा आएर गम्भीर धक्का लाग्यो।

मनोनयनका दिन मधेसका नेता प्रभु साहले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि एमालेलाई मधेस प्रदेशमा रक्षात्मक बनाइदिएको छ। जसपासँग तालमेल गरे पनि त्यसको प्रभावकारितामा शंका उत्पन्न भएको छ।

जसपा-एमाले तालमेललाई कारण बनाई विद्रोह गरेका प्रभु साहले स्वतन्त्र उम्मेदवारहरु जिताउने र एमाले उम्मेदवार हराउने अभियान नै मधेसमा चलाएका छन्। एमाले पार्टी पंक्ति त्यसलाई सामना गर्दै अघि बढ्ने चुनौती छ।

एमाले नेता प्याकुरेल भने मधेसमा एमाले र जसपाको गठबन्धन पूर्ण सफल हुने र प्रदेशदेखि केन्द्रसम्म यो गठबन्धनको सरकार बन्ने दावी गर्छन्। ‘हामी अहिले नचाहिने कुरा बोल्दैनौं,’ प्याकुरेलले भने, ‘मधेसमा हाम्रो गठबन्धनको सहजै बहुमत आउँछ भन्नेमा हामी ढुक्क छौं।’ उनले प्रभु साहको विद्रोहले एमालेलाई कुनै पनि फरक नपर्ने पनि दावी गरे। 

माओवादी र समाजवादीको उपस्थिति
मधेसमा माओवादी खासै बलियो नभए पनि उसको विगतको उपस्थिति अहिले पनि कायम रहने देखिन्छ। र, पार्टी पनि पुरानो विरासत जोगाउने रणनीतिमा छ। 

नयाँ बनेको दल एकीकृत समाजवादी भने विगतमा एमालेले जितेको ठाउँमा आफ्नो प्रभाव छोड्न सकिन्छ कि भन्ने दाउमा छ। यद्यपि, यो सहज छैन।

समाजवादीका अध्यक्ष माधव नेपाल मधेस प्रदेशबाटै प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। उनले रौतहटबाट उम्मेदवारी दिएका छन्। यद्यपि, उनी बाहेक अन्य नेताको अवस्था खासै राम्रो देखिँदैन। त्यसकारण समाजवादी मधेस प्रदेशमा सांकेतिक उपस्थितका लागि मात्र संघर्षरत देखिन्छ। 

मधेस केन्द्रित दल कमजोर 
अघिल्लो निर्वाचनमा मधेस प्रदेशमा राम्रो नतिजा ल्याएका अहिलेका लोसपा र जसपा नेपाल यो पटक अप्ठ्यारो अवस्थामा छन्। जसपाले मधेस प्रदेशमा ५ वर्ष सरकार चलाए पनि पार्टीको अवस्था राम्रो देखिएको छैन।

पार्टी अध्यक्षहरु उपेन्द्र यादव र महन्थ ठाकुरदेखि अन्य शीर्ष नेताहरुकै क्षेत्रमा मधेसी पार्टीको अवस्था कमजोर देखिन्छ। अघिल्लो निर्वाचनमा यादव र ठाकुरको पार्टीले मधेस प्रदेशमा बहुमत ल्याएर संयुक्त सरकार बनाइएको थियो।

यो पटकको निर्वाचनमा ठाकुरको नेतृत्वको लोसपा सत्ता-गठबन्धनसँग र यादवको पार्टी जसपा एमालेसँग गठबन्धन गरेर मधेसमा निर्वाचन लडेका छन्। लोसपाले मधेस प्रदेशमा संघतर्फ ७ मात्र उम्मेदवारी दिएको छ भने प्रदेशतर्फ १६ स्थानमा। जसपाले भने एमालेसँगको तालमेलमा १७ संघ र ३४ प्रदेश सभामा उम्मेदवारी दिएको छ।

मधेस केन्द्रित दलहरुले जे-जस्तो दावी गरे पनि प्रदेश सरकार राम्रोसँग चलाउन नसकेको र केन्द्रमा आफ्ना मुद्दा बचाउन नसकाले मधेसमा कमजोर देखिएको टिप्पणी स्थानीय अगुवाहरुले गर्ने गरेका छन्। 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १४:४५
  • #स्थलगत : मधेश प्रदेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्