काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।
बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
बुधबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।