काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ।
उनीहरूबीच मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो ।
भेटमा दुईपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।
यस किसिमका भेटघाटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास सेनाले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।