काठमाडौं- समयमै उपचार नपाउँदा हुम्लामा एक सुत्केरीको मृत्यु भएको छ। मंगलबार हुम्लाको अदानचुली गाउँपालिका ५ काँखे गाउँकी २० वर्षकी रङ्गिता शाहीको मृत्यु भएको हो।
स्थानीयका अनुसार सुत्केरी हुन नसकेर उनको मृत्यु भएको हो। गाउँ नजिकै स्वास्थ्यचौकी नहुँदा उपचार सम्भव नभएको र उपचार नपाउँदा मृत्यु भएको शाहीका आफन्तले बताएका छन्।
‘स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर उहाँको मृत्यु भएको हो,’ एक आफन्तले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।