काठमाडौं– ‘विथ लोकल नेपाल’ र कुटुम्ब ब्यान्डको आयोजनामा सिमसार म्युजिक फेस्टिबल हुने भएको छ।
कीर्तिपुरको सिम क्षेत्रमा पहिलोपटक म्युजिक फेस्टिबल हुन लागेको हो।
सिम क्षेत्रलाई प्रवद्धन गर्नका लागि फेस्टिबलको आयोजना गर्न लागिएको आयोजक ‘विथ लोकल नेपाल’का सुदीप महर्जनले जनाकारी दिए। फेस्टिबल कार्तिक २६ गते हुनेछ।
कीर्तिपुर नगरपालिका–४ मा हुने फेस्टिबलको टिकट व्यवस्था पनि गरिएको छ।
फेस्टिबलमा कुटुम्ब ब्यान्ड, कान्ता दब दब लगायतको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।