Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुदूरपश्चिमका शहरी क्षेत्रमा बढ्दै आगलागी: ३ महिनामा ३५ घटना हुँदा कैलालीमा ११, कञ्चनपुरमा १०

64x64
शेरबहादुर ऐर सोमबार, कात्तिक २८, २०७९  ०८:५३
1140x725

धनगढी– गत असोज १२ गते साँझ गौरीगंगा नगरपालिका- १, चौमाला बजारस्थित हिमाल मोबाइल ग्यालरीमा विद्युतको तार सर्ट हुँदा आगलागी भयो। गौरीगंगा नगरपालिकाको आफ्नै वरुण यन्त्र (दमकल) नहुँदा सोही पसलका नजिक जोडिएका अन्य पाँच पसलमा पनि आगो फैलियो।

७ बजेर २० मिनेटमा सुरु भएको आगलागी नियन्त्रणका लागि घोडाघोडी र गोदावरी नगरपालिकाको दमकल प्रयोग गरी झण्डै एक घण्टापछि नियन्त्रणमा लिइयो। 

गत वैशाख ११ गतेको भीषण आगलागीबाट कैलारी गाउँपालिका– ७, विपतपुरका २७ घर आगलागीबाट पूर्ण रुपमा क्षति भए। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकलको प्रयोग गरी सो वस्तीमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो। सो वस्तीमा रहेका ७१ घरमध्ये २७ घर पूर्ण रुपमा जलेका थिए भने ३४ घरमा आंशिक क्षति पुगेको थियो।

गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाको आफ्नै वारुणयन्त्र नहुँदा एक घर तथा पसलबाट सुरु भएको आगलागीबाट अन्य घर पनि प्रभावित हुनु परेको हो। कैलारी गाउँपालिकाका २७ परिवार अहिलेसम्म घरबारविहीन छन् भने गौरीगंगामा व्यापार गरी बसेका व्यवसायीहरुले लाखौंको क्षति व्यहोर्नुपरेको छ।

गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले आफ्नै अग्नि नियन्त्रक नहुनु र अन्य पालिकाबाट ढिलो गरी वरुणयन्त्र पुग्दा ठूलो क्षति भएको बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीमा हालसम्म पाँच स्थानीय तहसँग मात्र आफ्नै वरुणयन्त्र रहेको छ। प्राधिकरणका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी र घोडाघोडी नगरपालिकासँग दुई/दुई तथा टीकापुर र लम्की चुहासँग एक/एक गरी आठ वटा वरुणयन्त्र छन्

पछिल्लो समय आगलागीका कारण कैलाली सहित सुदूरपश्चिम प्रदेशमा जनधनको क्षति हुने क्रम बढेको छ। चालु आर्थिक वर्षको तीन महिनामा प्रदेशभरि आगलागीका ३५ वटा घटना भएका छन्।

सुदूश्चिममा भएका आगलागीका घटनामध्ये कैलालीमा ११ र कञ्चनपुरमा १०  आगलागीमा भएका छन्। आगलागीका घटनामा एक जना घाइते भएका छन् भने ४३ घरपरिवार प्रभावित भएका छन्। प्रदेशमा आगलागीबाटै एक करोड ४९ लाख ६७ हजार अनुमानित क्षति पुगेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा उल्खेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७८/७९ मा आगलागीका दुई सय ९ घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए। आगलागीबाट दुई सय आठ घरपरिवार प्रभावित हुँदा १० करोड २० लाख ७० हजार दुई सय रुपैयाँ अनुमानित क्षति पुगेको राष्ट्रिय आपत्तकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्लामा वर्षेनी आगलागीका घटना बढ्दैछन्। आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको कात्तिक पहिलो सातासम्म  सुदूरपश्चिममका ९ जिल्लामध्ये तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आगलागीका अत्यधिक घटना भएका छन्।

आर्थिक वर्ष २०७६/७७ मा प्रदेशभरि आगलागीका ९९ घटना हुँदा कञ्चनपुरमा ४४ र कैलालीमा २७ वटा घटना भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेशभरि दुई सय २९ घटना हुँदा कैलालीमा ९९ सय र कञ्चनपुरमा ६८ वटा आगलागिका घटना भएका छन् भने आर्थिक वर्ष २०७८/७९ मा प्रदेशभरि दुई सय ९ आगलागीका घटना हुँदा कैलालीमा ८५ र कञ्चनपुरमा ५७ घटना भएको तथ्यांक रहेको छ। 

Xtrem

Xtrem

किन बढ्दैछ आगलागी
कैलाली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पछिल्लो समयमा शहरी क्षेत्रमा विद्युत सर्ट नै आगलागीको प्रमुख कारण बन्दै गएको छ। ‘पसलहरु बन्द गर्नुभन्दा अगाडि विद्युतका बटन बन्द नगर्ने र विद्युतीय उपकरणहरुबाट शहरी क्षेत्रमा आगलागी भइरहेको पछिल्ला घटनाहरुले देखाउँछ,’ उनले भने।

उनले बजार क्षेत्रको आगलागीको मुख्य कारण भने विद्युतीय सट सर्किटसँगै ग्यास सिलिन्डर पड्कनु, ग्यास लिक हुनु र धूप बाल्ने चलन आदि रहेको बताए।

जिल्लाका अन्य क्षेत्रमा मौसम अनुसार आगलागीका घटनाका कारणमा फरक–फरक देखिने गरेको उनले बताए। सुख्खा तथा हावाहुरीको मौसम, बच्चाले सलाई, लाइटर जस्ता वस्तु खेलाउने, खेतमा आगो लगाउने क्रममा घर, बस्ती र जङ्गलमा आगो लाग्ने गरेको उनले बताए। जोशीले भने, ‘यसरी सानो गल्तीको कारण छोटो समयमा ठूलो धनजनको क्षति हुने गरेको छ।’

नेपाल रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष उत्तम जोशीले आगलागीको जोखिम बढ्नु तथा क्षति धेरै हुनुमा धेरै कारण रहेको बताए। उनका अनुसार निरोधात्मक उपायको कमी, पूर्वतयारीमा लगानी अभाव, भएका दमकल पुरानो हुनु, सतर्कताको सूचना प्रसार गर्ने प्रभावकारी प्रबन्ध नमिलाइनु, बहुआयामिक अग्नि नियन्त्रण पद्धति अपनाउन ध्यान नदिनु जस्ता कारणले आगलागी भइहाले पनि प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिएको छैन।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ०८:५३
  • #आगलागी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई १२ घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्... बिहीबार, असोज २२, २०८३
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल कीर्तिपुरस्थित त्रिभुवन स्मृति आज भवनमा आयोजित त्रिवि सभाको ६७औँ वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उनले विश्वविद्यालयलाई समयसापे... बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्