प्रतिकात्मक तस्बिर
भैरहवा– रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट १ शिशुसहित ३ जनाको मृत्यु भएको छ। छठघाटबाट फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित ३ जनाको मृत्यु भएको हो।
घटनामै परेका शिशुकी आमासहित २ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताए। घटनामा परेकाहरु छठका व्रतालु रहेका प्रहरीले जानकारी दिएको छ।
अर्यालका अनुसार बिहान करिब साढे ४ बजे कारले ठक्कर दिएको थियो। मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीय सीमा कुर्मी र ३५ दिनको नाम नखुलेका शिशु रहेका छन्। यस्तै सोही घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएको उनले बताए।
घाइतेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ। उनीहमध्ये मन्जुको अवस्था सामान्य रहे पनि बन्दना भने गम्भीर अवस्थामा रहेको अर्यालले जानकारी दिए।
छठ व्रतालुलाई बिहान भैरहवाबाट परासीतर्फ गइरहेको कारले ठक्करले दिएको थियो। कारको पहिचान अहिलेसम्म हुन सकेको छैन। प्रहरी प्रवक्ता अर्यालले कारको खोजी भइरहेको तथा घटनाको सम्बन्धमा थप अनसन्धान भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।