काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल १५ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएकी छन्। सीताको स्वास्थ्यमा सुधार आएकोले डिस्चार्ज गरिएको छोरी गंगा दाहालले सोमबार सामजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन्।
‘आज १५ दिनको हस्पिटल बसाइपछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरुको माया र आशीर्वादले ममीको स्वास्थ्यमा सुधार आई आज डिस्चार्ज गरी घर ल्याइएको छ,’ गंगाले लेखेकी छन्, ‘सम्पूर्ण शुभेच्छुकहरुमा आभारसहित धेरै धेरै धन्यवाद।’
प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट पीडित सीताको स्वास्थ्य जटिल बनेपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।