नयाँ दिल्ली– भारतको गुजरातमा झोलुङ्गे पुल चुडिँदा मृत्यु हुनेको संख्या १४१ पुगेको छ। बीबीसी हिन्दीका अनुसार गुजरातको मोरबीस्थित मच्छु नदीमा रहेको झोलुङ्गे पुल आइतबार चुडिँदा मानिसहरु नदीमा खसेका थिए।
एक शताब्दी पुरानो पुल केही दिनअघि पुन: मर्मत गरेर खुला गरिएको थियो। उक्त पुलमा ठूलो संख्यामा मानिसहरु रहेका थिए। कयौं मानिस अझै नदीमा फसेको आशंका गरिएको छ।
गुजरातका गृहमन्त्री हर्ष सिंह सांघवीले रातको १ वजेसम्म ६८ मानिसको शव निकालिएको र खोजी अहिले पनि जारी रहेको बताएका छन्। पुल दुर्घटना भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले चासो दिएर उद्धारका लागि निर्देशन दिएका थिए।
उक्त घटनमा परी ज्यान गुमाउनेका परिवारलाई केन्द्र सरकारले २ लाख भारु र घाइतेका परिबारलाई ५० हजार भारु राहत दिने घोषणा गरेको छ। गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले मृत्यु भएका परिबारका लागि ४ लाख र घाइतेका लागि ५० हजार राहत दिने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।