• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चाडपर्व सकिएपछि निर्वाचन केन्द्रित हुँदै दलहरु, एकअर्काको आलोचना बाहेक छैनन् नयाँ अजेन्डा 

64x64
ईश्वर बराल सोमबार, कात्तिक १४, २०७९  १०:३५
1140x725

काठमाडौं– चाडपर्व सकिएसँगै राजनीतिक दलहरु मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा केन्द्रित हुन थालेका छन्। अब २० दिनमात्र रहेको निर्वाचनमा बहुमत ल्याउने दाबी र रणनीतिका साथ उनीहरु निर्वाचनको मैदानमा उत्रन थालेका हुन्। 

निर्वाचन आचारसंहिताका कारण मतदाताको घरदैलोमा जान नपाएका उम्मेदवारहरु १७ गतेबाट मतदाताको घरदैलोमा पुग्नेछन्। घरदैलोसँगै उम्मेदवारहरु चुनावी प्रचार–प्रसारका लागि सभा सम्मेलनहरुमा पनि केन्द्रित हुनेछन्। अहिले केही सीमित कार्यकर्तासँग भेटघाट र आन्तरिक रणनीति बनाउन दलहरुका उम्मेदबारहरु केन्दित रहेका छन्। दशैं, तिहार, छठ लगायतका पर्वहरुले पारिवारिक भेटघाटमा व्यस्त उम्मेदवार तथा राजनीतिक दलहरु चाडपर्वको मैझारो गर्दै चुनावी गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउन थालेका हुन्। 

नेताहरु मतदाता समक्ष पुग्न थालेका छन् भने पार्टीहरु आफूले तयार गरेको घोषणापत्र सार्वजनिक गर्ने तयारीमा केन्द्रित भएका छन्। यही मेसोमा नेपाली कांग्रेसले शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। त्यस्तै सत्ता गठबन्धनका दलहरु र प्रतिपक्षमा रहेका दलहरुले पनि घोषणापत्र ल्याउने अन्तिम तयारी थालेका छन्।

हालसम्म नेपाली कांग्रेस, नेपाल मजदूर किसान पार्टी, नेपाल समाजवादी पार्टी र केही स्वतन्त्र उम्मेदवारहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। जनतालाई मत माग्न आफ्ना प्रतिज्ञा सार्वजनिक गरिसकेका उनीहरुले आफूले बहुमत ल्याएर सरकार बनाए ५ वर्षमा के–के गर्ने भनेर घोषणापत्रमा उल्लेख गरेका छन्। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पनि आफ्नो घोषणापत्रलाई अन्तिम रुपमा दिएका छन्। मंसिर ४ गतेको निर्वाचनमा सत्ता गठवन्धन भर्सेस प्रमुख प्रतिपक्ष नेकपा एमाले नेतृत्वको गठबन्धन हुने देखिएको छ। सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन्। 

त्यस्तै, एमालेको नेतृत्वमा जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल लगायतले गठबन्धन गरेका छन्।

सत्ता गठवन्धनभित्र रहेको माओवादी केन्द्र र एकीकृत समाजवालेले आफ्नो घोषणापत्रलाई अन्तिम रुप दिँदै सोमबार सार्वजनिक गर्ने तयारी गरेका छन्। त्यस्तै, प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग केही क्षेत्रमा तालमेल गरेको राप्रपाले पनि सोमबार घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। 

नेकपा एमालेले कात्तिक १५ गते आफ्नो घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। 

जनता समाजवादी पार्टीले चुनावी घोषणापत्र कात्तिक १६ वा १७ गतेसम्म सार्वजनिक गर्ने तयारी गरेको जसपाका नेता प्रकाश अधिकारीले बताए। लोकतान्त्रिक समाजवादी पार्टी भने अहिलेसम्म घोषणापत्र बारे अन्योलमै हेको एक नेताले नेपाल लाइभसँग बताए। कम क्षेत्रमा उम्मेदवारी दिएकोले उम्मेदवारले प्रतिबद्धताहरु सार्वजनिक गरेकोले पार्टीको बेग्लै घोषणापत्र आउने सम्भावना पनि कम रहेको उनले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

एकअर्काको आलोचनमामै सकिएका २० दिन
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्तापछि उम्मेदवारहरु तथा दलका शीर्ष नेताहरु कार्यकर्ता भेटघाटमा छन्। यी २० दिनमा अपवाद बाहेक अधिकांश नेताहरु विपक्षीको आलोचनामा मात्र केन्द्रित भए। एकातिर कांग्रेस–माओवादी–एकीकृत समाजवादी लगायत दलको सत्ता गठबन्धन छ भने अर्कोतर्फ एमाले–जसपा–राप्रपाको प्रतिपक्षी गठबन्धन छ। दुवै गठबन्धनमा रहेका दलका नेताहरुले अर्को गठबन्धन तथा गठबन्धनका दलको चर्को आलोचना गर्ने गरेका छन्। बितेका २० दिनमा दलका नेताहरु चुनावी अजेन्डाभन्दा एकअर्काको आलोचनामा बढी केन्द्रित भएको देखियो।

सरकारको नेतृत्वमा रहँदा दुई–दुईपटक संसद् विघटन गरेका एमाले अध्यक्ष केपी ओली आफू नेतृत्वको सरकारको उक्त निर्णयको बचाउ गर्दै चुनावी कमाण्डको नेतृत्व गर्दै मैदानमा छन्। ओलीले १७ गते दार्चुलाबाट चुनावी सभा सुरु गर्दै छन्। ओलीले आफू नेतृत्वको सरकार हुँदा ल्याइएको चुच्चे नक्साको अधिकारिकता र राष्ट्रवादको नयाँ ‘तुरुप’ फ्याल्न पनि दार्चुला रोजेका हुनसक्ने जानकारहरु बताउँछन्। 

अर्कोतर्फ एमाले छोडेर नयाँ पार्टी गठन गरेका माधव नेपाल, तत्कालीन नेकपामा हुँदा ओलीसँग सह–अध्यक्ष रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अघिल्लो निर्वाचनमा बामगठबन्धनकै कारण सानो पार्टीमा खुम्चिए पनि ओलीले संसद् विघटन गरेपछि सत्तामा पुनारागमन गरेका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाहरुले ओलीको आलोचनालाई प्रथम अजेन्डा बनाएका छन्। ओलीले गरेको संसद् विघटनलाई ‘प्रतिगमन’को संज्ञा दिएका उनीहरुले आगामी निर्वाचनमा पनि उक्त विषयलाई प्रमुख मुद्दा बनाउने भएका छन्। 

घोषणापत्रमा अनेक प्रतिबद्धता
नेपाली कांग्रेसले (उसकै शब्दमा) अव्यवस्थालाई सुव्यवस्थामा बदल्न घोषणापत्रमा १२ प्रतिबद्धता व्यक्त गरेको छ। 

प्रतिबद्धताको पहिलो नम्बरमा हरेक सार्वजनिक निकायका अधिकारीहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानुन जारी गर्ने भनिएको छ। 

सेवा प्रवाहसम्बन्धी तीनै तहका सरकारका कार्यालयमा हुँदै आएका विकृति–विसंगति, भ्रष्टाचार, ढिलासुस्ती र झन्झटिलो अवस्थाको अन्त्य गरी प्रभावकारी, कार्यमूलक र सेवामुखी बनाउँदै आधुनिक प्रविधिको प्रयोग गरी सरल, सहज र छिटोछरितो सेवा उपलब्ध गराउने पनि कांग्रेसले बताएको छ।

यस्तै, कृषकले प्रत्येक वर्ष भोग्नु परिरहेको रासायनिक मलको समस्या समाधान गर्न निजी क्षेत्र समेतको सहभागितामा आन्तरिक उत्पादनलगायत दीर्घकालीन उपाय खोज्ने भनिएको छ।

यस्तै, बाबुरमा भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टीले भने आफ्नो घोषणापत्रमा ‘लोकतन्त्रको लोकतान्त्रिकीकरण’का लागि १० संकल्प प्रस्तुत गरेको छ। राज्यको संघीय पुनर्संरचना, आन्तरिक लोकतन्त्र, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख, मन्त्रीमण्डल स्वतन्त्रतापूर्वक गठन, सांसदको भूमिका विधायकी, समन्यायिक समावेशिता, शक्ति पृथकीकरण, जनमत संग्रह, राइट टु रिजेक्ट र राइट टु रिकल र आर्थिक पारदर्शीता जस्ता बुँदाहरु नेसपाको घोषणापत्रमा समावेश छन्।

नेपाल मजदूर किसान पार्टीले नेपाली कांग्रेस र नेकपा (एमाले)को भूमिकाको चर्चा गर्दा घोषणापत्रमा ती दुवै दल नेतृत्वको गठबन्धनलाई एउटै सिक्काका दुई पाटाको रुपमा चित्रित गरेको छ। दुवै गठबन्धन सिद्धान्तहीन भएको टिप्पणी गर्दै नेमकिपताले पुँजीवादी सरकारको भागबन्डा गर्ने चाँजोपाँजोका लागि मात्रै गठबन्धन भएको बताएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १०:३५
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभाको बैठक जारी (लाइभ) बुधबार, चैत २५, २०८२
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी बुधबार, चैत २५, २०८२
बालेनलाई बारको पत्र : सिंहदरबार प्रवेश सहज बनाइदिन आग्रह बुधबार, चैत २५, २०८२
सेवा भावनाका साथ बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य मन्त्री मेहताको आग्रह बुधबार, चैत २५, २०८२
एनसेलले दैनिक १०० एमबी डेटा निःशुल्क दिँदै, हरेक साता ५० जीबीसम्म जित्ने मौका बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्