काठमाडौं– तिहार बिदापछिको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार कायम भएको छ। यस्तै, छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि तिहार बिदा अगाडि (कात्तिक ७ गते) छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ। आइतबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक ७ गते चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।