काठमाडौं– मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी घाइते भएका २३ जना उद्धार गरिएको छ। प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनामा पाँच जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको छ।
बस सडकबाट झण्डै एकसय मिटर तल खसेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।