काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतले सडक विस्तार गर्ने क्रममा ज्यान गुमाएका दार्चुलाका पवन महराको घटनाबारे तत्काल सत्यतथ्य छानबिन गरी दोषीलाइ कारबाही गर्न र पीडित पक्षलाई क्षतिपूर्ति दिन भाग गरेका छन्। समाजिक सञ्जालमार्फत उनले यस्तो माग गरेका हुन्।
’नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु। ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरासहित स्थानीय नागरिक घाइते भएका छन्,’ ओलीले फेसबुकमा लेखेका छन्,’ घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु।’
यस्तै ओलीले प्रधानमन्त्री देउवा यो घटनामा मौनता साँधेर बसेको आरोपसमेत लगाएका छन्।
’तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म?,’ उनले प्रश्न गरेका छन्।
भारत सरकारले महाकाली नदीपारी सडक चौडा गर्ने क्रममा बिस्फोटक पदार्थ पटकाउँदा उछिटिएको ढुङ्गाले लागेर व्यास गाउँपालिका २ का ९ वर्षीय पवनको शुक्रबार ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।