काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सरकारीस्तरबाट रासायनिक मलसम्बन्धी समस्या समाधान गर्ने जनाएपछि काभे्रपलाञ्चोकको पाँचखालका किसानले आइतबारदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरुपमा मल आपूर्ति गर्न पाँचखालका किसानले जिल्ला प्रशासनसँग माग गर्दै आएका थिए। उनीहरूले मल आपूर्तिका लागि सङ्घर्ष समिति नै गठन गरी गतसाता पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए।
सरकारीस्तरबाट मलको समस्या समाधान गर्ने आश्वासन पाएपछि आन्दोलनका कार्यक्रम हाललाई फिर्ता लिने निर्णय गरेको सङ्घर्ष समितिका संयोजक ज्ञानबहादुर थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।