काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक गरेको छ।
शनिबार सार्वजनिक गरिएको संकल्पपत्रमा तत्कालीन नेकपा सरकारका कारण संविधान असफलतातिर गएको आरोप लगाइएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारको असफलताका कारण संविधान संकटमा परेको उल्लेख गरिएको छ
ओली आफू असफल हुँदै जाँदा संसद् विघटन गरेको कांग्रेसले आरोप लगाएको छ। कांग्रेसको सरकार निर्माण भएपछि मात्र राजनीतिक स्थायित्व कायम गर्न सफल भएको संकल्पपत्रमा दाबी गरिएको छ।
कांग्रेसले दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने प्रतिबद्धतासमेत जनाएको छ।
साथै कांग्रेसले तत्कालीन नेकपा नेतृत्वको संघीय सरकारले प्रशासनिक बागडोर केन्द्रबाट नियन्त्रण गर्ने पराम्परालाई मलजल गरेको आरोप लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।