काठमाडौं– हुम्लाको लिमिमा बाक्लो हिउँ जमेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको छ। वडा कार्यालय पुग्न पनि कठिन रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।
पाँच हजार २ सय मिटर उचाई रमा रहेको न्यालू लेक सकसपूर्ण तरिकाले पार गर्दै वडा कार्यालयमा पुगेको उनले बताए। उक्त क्षेत्रमा तीन फिट हिउँ जमेको छ।

गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको हिमपातले न्यालु लेख आवतजावत बन्द भएको थियो। कर्मचारीसहित चार जनाको टोली लिएर सदरमुकामदेखि पाँच दिनको पैदल यात्रा गरी वडा कार्यालयमा पुगेको तामाङले बताए।
चिसो बढ्दै गएकाले हिउँ नपग्लिने र निर्वाचनका लागि त्यहाँ पुग्ने कर्मचारीलाई समस्या हुने बताए। चौँरीको सहायताले वडा कार्यालयका आवश्यक सामग्री लिएर गएका तामाङले भने, ‘झन् चिसो बढ्दैछ। हामीलाई पुग्न त सकस भयो। निर्वाचनका लागि सामग्री लिएर आउने कर्मचारीलाई झन् समस्या हुने देखिन्छ।’
तस्बिर : नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।