गोरखा– गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको मृत्यु भएको छ। बिहीबार साँझ भाइटीकापछि एक्कासी लडेर उनको मृत्यु भएको हो।
नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
वडाध्यक्ष रानाको आज (शुक्रबार) अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना नेकपा एमालेबाट गोरखा नगरपालिका–५ को वडाध्यक्षमा विजयी भएका थिए।
राना नेकपा एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्यसमेत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।