सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन विमानस्थल (फाइल तस्बिर)
काठमाडौं– अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन अवस्थामा रहेको विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको ५।
सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन विमानस्थलको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले जानकारी दिए। डीएसपी रिजालका अनुसार उक्त दुर्घटना बिहीबार राति भएको हो।
प्रदेश २–०३८प५०३२ नम्बर मोटरसाइकल दुर्घटनामा सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको डिएसपी रिजालले जानकारी दिए।
यस्तै, बा २५ प८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क–२ आटिकापाटा ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइते दुवैको बुटवलस्थित मर्सिटी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।