कैलाली- सडक दुर्घटनामा घाइते भएका कैलाली, गोदावरी नगरपालिका- ३, तेघरीका शेरबहादुर पुन मगरको मृत्यु भएको छ।
उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गौरीगङ्गा नगरपालिका- ३ को कुचेनीमा आज पश्चिमबाट पूर्व जाँदै गरेको बा१२च २११४ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०१-००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुनमगर गम्भीर घाइते भएका थिए।
घाइते मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने जिप र चालक युसुभ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।