काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्ष भाइटीका लगाएनन्।
स्वकीय सचिव भानु देउवाका अनुसार भातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएका हुन्।
प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थियो। क्यान्स रोगबाट पीडित प्रेमबहादुरको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
भाइको निधनपछि बर्खान्त नसकेसम्म देउवाले शुभकार्य नगर्ने भएका हुन्। प्रधानमन्त्री देउवाले यस वर्ष दशैंको टीका पनि लगाएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।