तस्बीर: बडीमालिका खबर
मार्तडी– नेपालमा मनसुन सुरु नहुँदैको वर्षासँगैको पहिरोले गत जेठदेखि अवरुद्ध भएको बाजुरा सदरमुकाम जोड्ने साँफेबगर–मार्तडी सडक सञ्चालनमा आएको छ। अम्कोट खण्डमा गएको पहिरोका कारण साँफे–मार्तडी सडक ५ महिनादेखि अवरुद्ध थियो।
वर्षात् कम भएपछि पहिरो हटाउन सुरु गरिएकोमा करिब ३ साताको नियमित प्रयासपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ।
बाजुराको बुढीगंगा नगरपालिका–१ क्षेत्रमा विगत ४ वर्षदेखि पहिरो, गेग्रान बहान र बाढीका कारण सडक अवरुद्ध हुँदै आएको छ। यसअघि गत वर्षपनि करिब ५ महिना नै उक्त सडक अवरुद्ध भएको थियो।
साँफे–मार्तडी सडकखण्ड सञ्चालनमा आएपनि मार्तडी–कोल्टी सडकखण्ड भने सञ्चालनमा आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।