दैलेख– दैलेखमा डोजरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भैरवी गाउँपालिकामा पैदल यात्रा गरिरहेका एक पुरुषको डोजरको ठक्करबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भैरवी गाउँपालिका–४ डाँडीमाडी बजारमा भएको घटनामा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको मृत्यु भएको हो।
सहिदगेटदेखि डाँडीमाडी खण्डको बाटो मर्मत गरी फर्केको भे १ क १६४२ नम्बरको डोजरले पैदल यात्री खातुनलाई ठक्कर दिएको हो। प्रहरीले चालक प्रविणकुमार शाहीलाई पक्राउ गरेको बताएको छ।
ठक्कर दिने डोजर भैरवी गाउँपालिकाको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।