काठमाडौं– नेपाल संवत् ११४३ बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गरेका थिए।
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको हो। विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत् राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ।
काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवत्को अवसरमा विशेष कार्यक्रम हुँदैछ।
गरिब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्मेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।