काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न नसकिने बताएका छन्।
नेपाल प्रेस युनियन केन्द्रीय समितिले दीपावली, नेपाल सम्बत तथा छठ पर्वका अवसरमा सोमबार काठमाडौँमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतन्त्रको विकास र सुदृढीकरणका लागि स्वतन्त्र र निष्पक्ष सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहने बताए।
देउवाले प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि गठबन्धन दलहरु पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै आवधिक निर्वाचनले जनतालाई राज्य शक्तिको केन्द्रमा पुर्याउने उल्लेख गरे। आगामी मङ्सिर ४ गते हुने निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुशासन, स्थिरता र संविधानको रक्षाका लागि सत्तारुढ दलहरुको गठबन्धन बनेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।