• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

यस्ता थिए महाकवि

नवीन अर्याल सोमबार, कात्तिक ७, २०७९  १३:५२
1140x725

समयः २००० साल
स्थानः त्रिचन्द्र कलेजको घन्टाघरस्थित नेपाल भाषानुवाद परिषद्को कार्यालय।

जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखन सहयोगीका रुपमा मासिक १५ रुपियाँ तलब थाप्थे, श्यामदास वैष्णव। एक दिन कार्यालयमै हल्लीखल्ली भएछ, परिषद्का अध्यक्ष पुष्कर शमशेर राणा र देवकोटाबीच केही कुरालाई लिएर मतभेद भयो र देवकोटा जागिर छाडेर गए।

यसले श्यामदासलाई ठूलो तनाव भयो। नहोस् पनि किन ! वास्तवमा उनी देवकोटाकै सिफारिसमा जागिर खान त्यहाँ पुगेका थिए। त्यसैले उनलाई यो हल्ला स्वादिलो लाग्ने कुरै भएन। उनी कुरा बुझ्न तुरुन्तै देवकोटाको डिल्लीबजारस्थित घरमा हानिए। आखिर भएको रहेछ के? 

७३ वर्षअगाडिको त्यो घटना श्यामदास (दिवंगत)ले ५ वर्ष अगाडि सुनाएअनुसार खासमा उनीहरुबीच शाकुन्तल महाकाव्यको छन्दलाई लिएर मतभेद भएको रहेछ। 
त्यतिबेला शाकुन्तलको उठान थियोः

तिमी त नास्तिक बनिसकेछौ
खुलस्त आत्मा नबन्न सक्छौ।

पुष्करको भनाइ थियो, पण्डितहरुसँग कुरा भएर लेख्न बसेको हुनाले वार्णिक छन्दमै त्यो लेखिनुपर्थ्यो। तर, देवकोटाले वार्णिक र मात्रिक छन्दलाई मिलाएर तीन महिनाभित्रै शाकुन्तजस्तो उत्कृष्ट महाकाब्यको रचना गरिसककेका रहेछन्। 

पुष्करको अडानप्रति देवकोटाले तत्कालै कुनै प्रतिक्रिया जनाएनन्। तर, उनले त्यो महाकाव्य पुष्करका भाइ बालकृष्ण समलाई पनि देखाए। 

देवकोटाको पहिल्यैदेखिको बानी थियो, आफूले लेखेको साहित्य सबैलाई देखाउने। तर, यति बेला समलाई त्यो महाकाव्य देखाउनु उनका लागि तीतो अनुभव बन्यो। समले दाजुकै अगाडि देवकोटाको तारिफ गर्दै भनेछन्, ‘बडो राम्रो छ।’

nimb
nimb
Ncell 2
Ncell 2

Laxmi_Prasad_Devkota1666597615.jpg

पुष्करलाई लागेछ, आफू केही नबोल्ने। भाइलाई भनेर आफ्नो तेजोबध गराउने। उनले देवकोटालाई त्यहीँ हपारेछन्, ‘बाजे! मैले हुन्न भन्दाभन्दै भाइका अगाडि मेरो मानमर्दन गर्न खोज्ने?’

देवकोटा यस्ता कुरामा हतपती प्रतिक्रिया जनाउँदैनथे। तर, उनलाई पुष्करले उच्चारण गरेको ‘बाजे’ शब्द प्रिय लागेनछ। जुरुक्क उठेर प्रतिक्रिया दिएछन्, ‘म टपरे बाहुन होइन।’ यति भनेर ठमठम हिँड्न लागेका देवकोटालाई बीचमा रोक्दै पुष्करले सोधेछन्, ‘त्यसो भए तिम्रो मान्छे के गर्छन्?’

९३ वर्ष टेकेका श्यामदास त्यो घटना सम्झन्छन्, ‘पुष्कर शमशेरको इसारा मतर्फ थियो। देवकोटालाई त्यो बुझ्न गाह्रो भएन।’ भनिदिएछन्, ‘यहीँ बस्छन्।’

विदेशी पाठ्यक्रम नेपाली भाषामा अनुवाद गर्न खुलेको भाषानुवाद परिषद्को जागिर छाडेर देवकोटा हिँडेपछि विवादले चर्को रुप लियो। कुरा पुग्यो, शिक्षा विभागका डाइरेक्टर शारदा शमशेरको अफिससम्म। त्यति बेला भाषानुवाद परिषद् शिक्षा विभागकै मातहत थियो। त्यसैले शारदाले विवाद सुल्झाउन दुवै पक्षलाई तुरुन्त डाके। र, यही टुंगो लाग्यो, लेखकले लेखेपछि लेख्यो, लेख्यो। विवाद निकालेर हुँदैन। त्यो लेखकको अधिकारभित्र पर्छ। 

१० दिनमै महाकाव्य
शिक्षा विभागको डाइरेक्टरले बोलिसकेपछि अरुले के भन्ने ? त्यसपछि अंग्रेजी भाषाका प्रकाण्ड विद्धान पुष्करले मिलापत्र गर्ने हिसाबले भने, ‘मैले होच्याउने हिसाबले बाजे भनेको होइन। ब्लड प्रेसरको बिरामी छु। त्यसैको कारण निस्कियो होला।’ 

मिलापत्रपछि देवकोटा पुनः जागिरमा फर्किए। तर, देवकोटाको मनमा बाजे शब्द यति गहिरोसँग गाढिएछ कि लगत्तै उनले पुष्कर शमशेरसँग अर्को महाकाव्य लेख्न अनुमति मागे। 

‘त्यति बेला पुष्करले एक महिनामा लेख्न सक्छौ भनेर देवकोटाको महत्वाकांक्षा जगाइदिनुभयो,’ श्यामदास भन्छन्। तर, देवकोटाले १० दिनभित्रै सुलोचना महाकाव्य लेखिदिए। र, त्यसका दुई पात्रमध्ये एउटा पुष्करलाई नै बनाए।

‘पुष्करलाई नै सुलोचनाको एउटा पात्र बनाएर उहाँले बाजे भनेर होच्याइएको त्यो घटनाको उत्तर दिनुभयो,’ श्यामदासले ५ वर्ष अगाडि सुनाएका थिए। 

महाकवि देवकोटामा लेखनको विलक्षण प्रतिभा त छँदै थियो, उनको व्यक्तित्व पनि असामान्य थियो। वरिष्ठ साहित्यकार मदनमणि दीक्षित यस्तै एउटा घटनाका भुक्तभोगी हुन्। मदनमणिकी दिदी विमलाको विवाह मित्रनाथसँग भएको थियो। उनी २००२ सालमा भारतको बनारसबाट एमए गरेर नेपालमा रहेका आफ्ना ठूलाबडासँग आशीर्वाद थाप्न आउँदा डिल्लीबजारस्थित देवकोटाकै घरमा बसेका थिए। 

त्यति बेला भिनाजु मित्रनाथले दाजु लक्ष्मीप्रसादलाई परिचय गराउँदै भनेछन्, ‘दाजु, यिनी मेरा साला मदनमणि हुन्। भर्खरै एमए पास गरेर आएका।’ त्यति बेला देवकोटा पासा खेल्न मग्न थिए। 

मुखमा तम्बाखुको पाइप चपाइरहेका। आफ्नै सुरमा मस्त। झस्किए झैं एक्कासि सोधेछन्, ‘ए मदन ! एमए पास गरेको ?’ त्यसपछि धूवाँको मुस्लो धुरीमाथि फुक्दै एउटा प्रश्न सोधेछन्, ‘तिमी भेडा बन्न सक्छौ?’

मदनलाई देवकोटाको त्यो प्रश्न उटपट्याङ लागेछ। ‘मलाई सुरुमा होच्याए जस्तो भान भयो। भिनाजु जस्तो मान्छे, के बोल्नु ?’ मदनमणि सम्झन्छन्, ‘त्यही पनि उत्तर दिएँ, भेडाको मासु त खाएको छैन।’

काठमाडौंको १० दिने बसाइ सकेपछि मदनमणि बनारस फर्किए। बनारसको ठूला गल्लीमा त्यति बेला स्थानीय कुस्तीबाजहरु आफ्नो बल प्रदर्शन गर्न हातमा पिर्का बोक्थे र भेडाको सिङलाई घचेटेर पछाडिसम्म पुर्‍याउँथे। 

त्यो भेडा दौडिएर फेरि कुस्तीबाजको पिर्कामा ठोकिन नआउँदासम्म यो क्रिया अनवरत चलिरहन्थ्यो। बनारसमा मदनमणि यस्तै एक साँझ टहलिरहेका बेला एउटा भेडा दौडिँदै आएर कुस्तीबाजले बोकेको पिर्कामा बजारियो। पिर्कामा ठोकिँदा भेडाको सिङबाट आगोको झिल्को निस्किएको देखेपछि झल्यास्स भएछन्, महाकविले भन्न खोजेको कुरा। 

‘यो पो रहेछ, पढेर के गर्छौ ? क्रान्तिकारी बन्न सक्छौ ? भनेका रहेछन्। कति गहिरो कुरा गर्नुभएको रहेछ। हाम्रो बुद्धिले सोच्न भ्याउनु ?’ ९५ वर्षीय मदनमणि भन्छन्। 

विलक्षण प्रतिभा
डिल्लीबजारका नृपेन्द्रसिंहका लागि एउटा घटना अविस्मरणीय रह्यो। केसीका पिताजी सुब्बा वीरेन्द्रसिंह र देवकोटाका ठूला दाजु लेखनाथ मिल्ने साथी थिए। फेरि घर नजिकै। त्यसैले उनको पनि देवकोटाको घरमा आवतजावत भइरहन्थ्यो। तर, विद्वताका कारण देवकोटासँग बोल्ने आँटचाहिँ आउँदैनथ्यो। तर, एकदिन डिल्लीबजारस्थित पीपलबोटमा साइकलको पन्चर टाल्न जाने क्रममा जम्काभेट भयो, देवकोटासँग। उनी पनि त्यहाँ पन्चर टाल्न देवकोटाभन्दा अगाडि पुगेका रहेछन्। 

तर, देवकोटा आएपछि उनले आफ्नो पालो छोडिदिए। देवकोटाले आफ्नो साइकलको पन्चर टालेको एकटकले हेर्दाहेर्दै दुईवटा चुरोट तानिसिध्याए। उनले नृपेन्द्रलाई प्रश्न गरेछन्, ‘काजीले साइन्स पढेको होइन ?’ त्यति बेला नृपेन्द्र आइएससी पढ्थे। केही हच्किँदै मुन्टो हल्लाएछन्। 

त्यत्तिकैमा देवकोटाले अर्को प्रश्न छोपिहाले, ‘तिमीलाई थाहा छ, पृथ्वी एन्टी क्लक घुम्यो भने के हुन्छ?’

‘मैले आजसम्म त्यसको उत्तर भेटेको छुइनँ,’ ८२ वर्षीय नृपेन्द्र भन्छन्, ‘उहाँ टायर बनाएको हेर्दाहेर्दै कति गहिराइमा डुबिसक्नुभएको रहेछ।’

राणा शासनलाई चुनौती दिने उद्देश्यस्वरुप २००३ सालमा नेपाली कांग्रेस देवकोटालाई भारतको बनारस पुर्याउन सफल भयो। यसपछि काठमाडौंमा खैलाबैला मच्चियो। किनभने, काठमाडौंमा राणाजीका प्रायः सबै छोराछोरी अध्ययनका लागि देवकोटाको घर धाउँथे। त्यति बेला काठमाडौंमा एउटा भनाइ निकै प्रचलित थियो, जसले देवकोटासँग पढ्छ, त्यो फेल हुन सक्दैन। 

बनारसमा देवकोटाले नेपाली कांग्रेसको मुखपत्र युगवाणीको सम्पादन गरे। त्यो पत्रिका कृष्णप्रसाद भट्टराईका भाइ गोपालप्रसादले निकाल्थे। त्यति बेला जीविकोपार्जनका लागि देवकोटा बनारसबाट प्रकाशित हुने अर्को साहित्यिक पत्रिका उदयको प्रुफ पनि हेरिदिन्थे। 

‘यसबापत पिताजी (काशीप्रसाद श्रेष्ठ) ले उहाँलाई २५ पैसा दिनुहुन्थ्यो,’ अहिले पनि बनारसबाट निस्किरहेको उदय पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ भन्छन्। ७८ वर्षीय श्रेष्ठ देवकोटालाई ‘भर्सटाइल’ र मुडी भन्न रुचाउँछन्। भन्छन्, ‘मन लागे बोल्ने, नभए नबोल्ने। कविता फुर्यो’ कि सुनाइहाल्नुपर्ने।’

देवकोटा बनारसमै हुँदा कोलकाता पढ्न बसेका नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशीलगायत नेपाली विद्यार्थीले २००५ सालमा सम्मानका लागि बोलाएका थिए।

कोलकाताको कलेज स्ट्रिटीस्थित महाबोधि सोसाइटीको हलमा महाकविलाई अभिनन्दन गर्दा हिन्दी र बंगालीका साहित्यकारको पनि उपस्थिति थियो। यसै वर्ष स्वर्गीय भएका जोशीले आफ्नो किताब अँध्यारोबाट उज्यालोतिरमा लेखेका छन्, ‘उहाँले अंग्रेजी कविता तामाङ सेलो लयमा सुनाएर सबैलाई चकित पार्नुभयो।’ 

देवकोटा एक महिना कोलकाता बसे। यहीँ देवकोटाका विद्यार्थी देवेन्द्रराज उपाध्यायले महात्मा गान्धीको बरखीमा उनलाई अंग्रेजीमा केही सानेट लेख्न आग्रह गरेका थिए। जुन पछि मुम्बईको ब्लिट्ज साप्ताहिकमा छापियो। 

कोलकातामै बस्दा देवकोटाले ‘आँसु’ कविता पनि लेखे। त्यो कविता पनि उपाध्यायकै अनुरोधमा देवकोटाले मुखैले भनेका थिए। कागजमा उतार्ने काम भने जोशीले गरे। पछि पारसमणि प्रधानको सम्पादकत्वमा दार्जीलिङबाट प्रकाशित हुने भारतीमा छापियो। 

‘उहाँलाई विषय मात्र चाहिन्थ्यो। त्यसपछि धाराप्रवाह आउने। रोकिनै गाह्रो’, जोशीले आफ्नो किताबमा लेखेका छन्।


अर्काइभबाट। नेपाल लाइभमा यो सामग्री पहिलोपटक २o७४ कात्तिक २ गते, बिहीबार प्रकाशित भएको थियो।

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १३:५२
  • #लक्ष्मीप्रसाददेवकोटा
  • #लक्ष्मीजयन्ती

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एर... शुक्रबार, साउन २२, २०८३
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहर... शुक्रबार, साउन १५, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्