धनगढी– कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा एक जना महिलाको मृत्यु भएको छ। थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु भएको हो।
कैलारी गाउँपालिका–३ भर्रीटोलकी ४५ वर्षीय बिना चौधरीको थ्रेसरमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
घर नजिककैको खेतमा धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाँधेको पटुकी बेरिएर उनको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।