काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५, जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-८, बेँसीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जन लगायत पाँच जना छन्।
उक्त स्थानमा नक्कली (जालीनोट) कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो।
उनीहरुका साथबाट एक हजार दरको ३६ थान र पाँच सय दरको ९७ थान गरी रु ८४ हजार पाँच सयसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।