काठमाडौं– मध्य मेक्सिकोस्थित एउटा सहरमा इन्धन बोकेको ट्यांकर पुलमा ठोक्किँदा रेलमार्ग र नजिकै रहेको आवासीय क्षेत्रमा भीषण आगलागी भएको छ।
आग्वास्क्यालिएन्टेस नगर प्रमुखका अनुसार उक्त क्षेत्रमा भएका ३०० मध्ये १२० वटा घरमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ।
तेल चुहिएर आगो फैलिन थालेपछि त्यहाँबाट १,५०० जनाभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा लगिएको थियो। केही मानिस अस्पतालम भर्ना भएका छन् तर अहिलेसम्म कसैको पनि मृत्यु भएको विवरण प्राप्त भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।