• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

०७४ को कालो सूची, जसले राजु गुरुङलाई रोक्यो!

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ४, २०७९  १९:४७
1140x725

काठमाडौ – सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्वर २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका एकीकृत समाजवादीका नेता राजु गुरुङको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

सर्वोच्चको यो आदेशसगै उनी उम्मेदवार हुन नपाउने भएका छन्। गठवन्धनका तर्फबाट उक्त क्षेत्र एकीकृत समाजवादीले पाएको थियो। तर, गुरुङ बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भएर कालो सूचीमा रहेको उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतले उम्मेदवारी खारेज हुने निर्णय गरेका थिए। उक्त निर्णयविरुद्ध उनी सर्वोच्च अदालत आएका थिए। सर्वोच्चको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त इजलासले दुवै पक्षको सुनुवाइपछि अन्तरिम आदेशका बारेमा निर्णय हुने भनेको थियो।

शुक्रबार दुवै पक्षको सुनुवाइपछि सर्वोच्चले गुरुङ कालो सुचीमा कायमै रहेकाले उम्मेदबार बन्न सक्दैनन्  भनी अन्तरिम आदेश जारी नहुने आदेश गरेको छ। न्यायाधीशद्धय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उनको पक्षमा यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज हुने आदेश गरेको छ।  सर्वोच्चले यसरी आदेश गर्दा गुरुङ कालो सूचीमा रहेको र उक्त कुरालाई उनले कानुनी रुपमा चुनौती नदिएको विषयलाई मुख्य आधार मानेको छ। 

‘कानूनद्धारा तोकिएको कालो सूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन,’ आदेशमा भनिएको छ, ‘कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन। तसर्थ, यस अदालतबाट मिति २०७९-६-३० मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन परेन।’ 

उम्मेदवारी (मनोनयन) खारेज गर्नुपूर्व निर्वाचन अधिकृतबाट गुरुङसँग उम्मेदवारी खारेजी सम्बन्धमा स्पष्टीकरण सोधिएको र लिखित जवाफ पेश गरेको आदेशमा उल्लेख छ।  

‘निर्णय गर्नुअगाडि निवेदकको मनोनयन कायम गर्न हुने नहुने सम्बन्धमा आवश्यक विशेष निर्णय गरी पठाइदिनु भनी निर्वाचन अधिकृतले च.नं. २३ मिति ०७९-६-२५ को पत्रबाट निर्वाचन आयोगमा लेखी पठाएको देखिन्छ’ आदेशमा भनिएको छ ‘ निर्वाचन आयोगले असोज २५ मा निर्णय गरी राजु गुरुङले असोज २५ मा पेश गरेको लिखित जवाफ र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को दफा १६ (ज)को अवस्थासमेत हेरी आवश्यक निर्णय गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने ’ भनी उल्लेख गरेको पाइयो।’  

उक्त निर्णयका आधारमा मात्र निर्वाचन अधिकृतले निर्णय गरेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ। 
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, ०७४ को दफा १३ को देहाय (ज)मा प्रचलित कानूनबमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिने व्यवस्था रहेको भन्दै सर्वोच्चले गुरुङको हकमा पनि उक्त व्यवस्था आर्कषित हुने भनेको छ।  कर्जा सूचना केन्द्र लिमिटेडले  निर्वाचन आयोगलाई जानकारी गराएको पत्रमा राजु गुरुङका नाममा १००८८ र १००३० नं. को कालो सूचीमा क्रमशः मिति २०७४ असोज २८ मा र २०७४ असोज ९ मा सूचिकृत भएको भनी उल्लेख गरेको पाइएको सर्वोच्चको आदेशमा भनिएको छ। 

‘मिसिल संलग्न कागज प्रमाणबाट नर्थेवेस्ट नेपाल इन्फ्राको प्रमोटर शेयर होल्डर तथा अध्यक्षको रुपपा गुरुङलाई २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन’ आदेशमा भनिएको छ ‘त्यसैले उनको कालो सूची कायम रहेको भन्ने देखियो। ’ 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वाेच्चको यो आदेशपछि उक्त क्षेत्रमा एमाले उम्मेदवार रहेका विष्णु पौडेललाई निर्वाचनमा जित हात पार्न सहज भएको छ। गठवन्धनको उम्मेवार नै नहुँदा पौडेलले स्वतन्त्रहरूसँग मात्र प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।  

गुरुङ कालो सूचीमा कसरी परे?

गुरुङ ठेकेदार हुन्। एमाले र माओवादी केन्द्र एक भएर नेकपा हुँदा छायाँमा रहेका उनी उक्त पार्टीमा विवाद आएसँगै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षमा लागेका थिए। उनलाई उक्त समूहले जिल्ला अध्यक्षसमेत घोषणा गरेको थियो। 

गुरुङ तत्कालीन समयमा राष्ट्रिय युवा संघको केन्द्रीय उपाध्यक्ष थिए।  पुस ५ मा केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति घोषणा गरेपछि उनले बुटवलमा पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा ओली पक्षका महासचिव एवं अर्थमन्त्री पौडेलका विरुद्धमा उम्मेदवारी घोषणा गरेका थिए। त्यसपछि एमाले विभाजन भएपछि उनी एकिकृत समाजवादीतिर लागे।  

गुरुङ विवादित हुँदै कालो सूचीमा पर्नुको कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का थियो। चिनियाँ कम्पनीको पेटी ठेकेदारका रुपमा काम गरेको तर उक्त कम्पनी लिलाम भएर फर्किएपछि त्यतिखेर काम गर्दा तिर्नुपर्ने रकम तिर्न उनी अध्यक्ष रहेको नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिको नाममा वक्यौता थियो। 

चिनियाँ ठेकेदार कम्पनीले नर्थवेष्टलाई ३४ करोड तिर्न बाँकी थियो। सरकारले गुरुङ अध्यक्ष रहेको नर्थवेष्टलाई भगौडा चिनियाँ ठेकेदार कम्पनीबाट दिलाउनुपर्ने रकम नतिर्दा बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्सका अध्यक्ष अन्जित विष्टले अदालतमा मुद्धा दायर गरेका थिए। उनले करिव साढे  २ करोड पाउनुपर्ने दाबी गरे।  

गुरुङको कम्पनीले चेक पनि दियो। तर उक्त चेक वाउन्स भएपछि विष्टले काठमाडौं जिल्ला अदालतले चेक वाउन्सको वैकिङ कसुरमा मुद्दा दायर गरे। जिल्ला अदालतले  ०७८ मंसिर १२ गते गुरुङलगायत सबै सञ्चालकलाई २ करोड २५ लाख उनीहरूबाट भराउने भनी फैसला सुनायो। गुरुङ पक्ष उक्त फैसलामा असहमत हुँदै ०७९ जेठ २७ गते उच्च अदालत पाटन पुग्यो। त्यसअघि नै उनी कर्जा सूचना केन्द्रको कालो सूचीमा परिसकेका थिए। गुरुङका नाममा १००८८ र १००३० नम्बरको कालो सूचीमा क्रमशः  ०७४ असोज ९ र २८ मा सूचीकृत भएको  थियो। 

उम्मेदवारी दिएलगत्तै गुरुङ कालो सूचीमा परेको जानकारी भएका एमाले नेताहरूले उजुरी दिए।  कालो सूचीमा परेको उजुरीपछि निर्वाचन अधिकृत उदयवीर नेपालीले स्पष्टीकरण सोधे। गुरुङले अदालतमा मुद्दा चल्दाचल्दै गरेको अवस्थामा उम्मेदवारको योग्यता परीक्षण गर्न नहुने जिकिर गरे। उनले जिल्लाबाट दोषी ठहर भएको तर त्यसलाई अस्वीकार गर्दै उच्च अदालत पाटनमा गएकाले उम्मेदवारी कायम हुनुपर्ने दाबी गरे।

तर, निर्वाचन अधिकृतले खारेज नै हुने निर्णय गरे। त्यसपछि गुरुङ सर्वोच्च आएका थिए। उनले चेक बाउन्सको मुद्दालाई चुनौती दिँदै उच्च अदालत पाटनमा मुद्दा दायर गरे तर कर्जा सूचना केन्द्रको कालो सूचीलाई बेवास्था गरे। यसलाई कानूनी रुपमा चुनौती नदिँदा सर्वोच्चले यही आधार देखाउँदै उनी उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको छ।
 

यो पनि पढ्नुहोस

रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन, राजु गुरुङको उम्मेदवारी बदर हुने निर्णय ‘सदर’

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १९:४७
  • #राजु गुरुङ
  • #निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो
महिला एसिया कप: च्याम्पियन भारतले यसपटक पनि पाकिस्तानी गृहमन्त्रीको हातबाट लिएन ट्रफी
गगन र शेरबहादुर दुवै पक्षको महाधिवेशन रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा दरपिठ
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
महिला एसिया कप: च्याम्पियन भारतले यसपटक पनि पाकिस्तानी गृहमन्त्रीको हातबाट लिएन ट्रफी सोमबार, भदौ २९, २०८३
गगन र शेरबहादुर दुवै पक्षको महाधिवेशन रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा दरपिठ सोमबार, भदौ २९, २०८३
‘ग्रे जोन’ रणनीतिक म्यानुभरिङ हो, सुपरपावर र नेपालको भूराजनीतिमा ठूलो संकट छ : बुद्ध छिरीङ मोक्ताङ सोमबार, भदौ २९, २०८३
नागरिकता प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंहलाई विशेष अदालतबाट सफाइ सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्