काठमाडौं– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई त्यहाँको निर्वाचन आयोगले ५ वर्षसम्म सार्वजनिक पदमा बस्न प्रतिबन्ध लगाएको छ। आयोगको प्रतिबन्धपछि खान ५ वर्षसम्म निर्वाचन लड्न पनि नपाउने भएका छन्।
उनलाई विदेशी नेताहरूबाट प्राप्त उपहार बिक्रीबाट प्राप्त रकम लुकाएको आरोपमा ‘तोशाखाना’ मुद्दामा निर्वाचन आयोगले ५ वर्षका लागि सार्वजनिक पदमा बस्न अयोग्य करार गरेको हो।
प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुलतानको नेतृत्वमा रहेको ४ सदस्यीय इजलासले सर्वसम्मतिको फैसला गरेपछि पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष ५ वर्षसम्म संसदको सदस्य बन्न नपाउने भएका छन्।
सत्तारुढ गठबन्धन सरकारका सांसदहरूले अगस्टमा पाकिस्तानको निर्वाचन आयोग (ईसीपी) मा ७० वर्षीय खानविरुद्ध मुद्दा दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।