• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

तीनमुखे झोलुङ्गे पुल बनेपछि गुल्मीमा आन्तरिक पर्यटक बढे (तस्बिरहरू)

64x64
अजय खड्का शुक्रबार, कात्तिक ४, २०७९  १३:१९
1140x725

गुल्मी – तीनवटा जिल्लालाई जोड्ने तीनमुखे झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ। 

सो पुलको २०७१ साल  मंसिर १५ गते  तत्कालीन  मुख्य  सचिव  लीलामणि पौडेल  र संविधान सभा सदस्यसमेत रहेका कांग्रेस नेता चन्द्र भण्डारीले तामझासहित सामुहिक रुपमा शिलान्यास  गरेका थिए। त्यसपछि पुलको काम अलपत्रमा पर्यो। पछि एमाले नेता प्रदीप ज्ञवाली सांसद भएपछि पुलले पूर्णता पाएको थियो।

सो पुलको नयाँ बाटो रुबिना मना जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय  पूर्वाधार विभाग अन्तर्गतको  झोलुङ्गे पुल शाखासँग नौ करोड ८८ लाख २६ हजार ३३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।  

तीनमुखे पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी, पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ चण्डीभञ्ज्याङ जोडेको छ। पुलको काम सकिएपछि उक्त स्थानमा आन्तारिक पर्यटकहरूकोे चहल–पहल सुरु भएको छ।

अहिले यो पुल अवलोकन गर्न र यसमा सवार गर्नका लागि धेरै ठाउँबाट मानिसहरू आउने गरिरहेका छन्। नेपालकै चारधाम मध्येको एक धाम भनेर चिनिने रुरुक्षेत्रमा तीनमुखे पुलको निर्माण भएपछि यस क्षेत्र रमणीय बनेको छ।

पुल निर्माण भएसँगै धार्मिक पर्यटनमात्र नभएर अन्य पर्यटकहरूको आर्कषण बन्ने स्थानीयको भनाइ छ। उनीहरूका अनुसार अब जोखिम मोलेर बजार भर्न जाने बाध्यता हट्यो।

Ncell 2
Ncell 2

पाल्पाको तानसेन नगरपालिका १४ र स्याङ्जाको कालीगण्डकी गाउँपालिका १ का स्थानीयको मुख्य बजार रिडी हो। पाल्पा जिल्ला सडक सञ्जालले जोडिए पनि स्याङ्जाको कालीगण्डकी गाउँपालिकासँग सजिलै सडकको पहुँच छैन।

यसले गर्दा, जोखिम मोलेर स्वास्थ्य उपचार र अन्य सामग्री खरिद–बिक्री गर्नुपर्ने बाध्यता थियो। अहिले पुल निर्माणपछि सहज भएको कालिगण्डकी गाउँपलिका १ का अमरप्रसाद कोइरालाले बताए। 

‘पहिला–पहिला यो पुल नबन्दा हामीलाई बजार भर्नका लागि डुङ्गा चडेर वा अन्य जोखिम मोलेर आउनुपर्ने बाध्यता थियो तर, अहिले सजिलै ओहोर–दोहोर गर्न सजिलो भएको छ। हामीजस्ता वृद्धहरूलाई स्वास्थ्य उपचार गर्न जान–आउन झन् सजिलो भएको छ,’ उनले भने।  

पुल सुहाउँदो बत्ती भएन

तीनमुखे झोलुङ्गे पुललाई रातको समयमा पनि उज्यालो पार्नका लागि सोलार बत्ती जडान गरिएको छ। तर, त्यो बत्तीले पुललाई उपयुक्त सुन्दरता दिन नसकेको स्थानीयको गुनासो छ। 

‘पुल निर्माणको सुरुवातमा निर्माण व्यवसायीले बेलायतको लण्डन ब्रिजमा जस्तो बत्ती जडान गर्नका लागि एक करोड रकम राखिएको भनेका थिए,’ स्थानिय सुन्दर कसजुले भने, ‘तर, अहिले जोडिएको बत्ती नजिकबाट हेर्दा मोबाइलको टर्चलाइट बालेको जस्तो देखिएको छ। यसप्रति हामी स्थानीयको गुनासो छ।’ 

तीन जिल्लामा जानका लागि कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको स्तम्भ निर्माण गरिएको छ। पुलमा २५ मिटर उचाइको भ्युटावर छ। बीचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनैतर्फ १७७ मिटर लामा झोलुङ्गे पुलको निर्माण भएको छ।

पुल निर्माणअन्तर्गत अन्तिम चरणमा जाली, सोलार र भर्‍याङको काम सकिएको निर्माण व्यवसायी करनजित बर्माले जानकारी दिए। यस पुल एसियाकै पहिलो नमुना तीनमुखे झोलुङ्गे पुल भएको निर्माण व्यवसायीको दाबी छ। पुल निर्माणको काम सकिए पनि उद्घाटन भने हुन सकेको छैन।


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १३:१९
  • #तीनमुखे झोलुङ्गे पुल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अजय खड्का
लेखकबाट थप
अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जनाको मृत्यु
चट्याङ लागेर गुल्मीमा १५ वर्षीया किशोरीको मृत्यु
रास्वपाका उपसभापति भन्छन्– खोलाबाट पानी ल्याउँदा पनि उत्सव मनाउने अवस्थामा छौँ
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्